Logo

पोखरामा मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिकै बम विस्फोट



काठमाडौं ।  पोखरामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिकै बम विस्फोट भएको छ । उपचुनावको मनोनयन दर्ता कार्यक्रमको समय सुरु हुनासाथ निर्वाचन कार्यालय नजिकै रहेको निर्माणाधिन पोखरा पर्यटक बसपार्कमा विस्फोट भएको हो ।

जिल्ला प्रहरी कार्यलयका कास्की डिएसपी राजकुमार केसीले बम विस्फोट भएको प्रारम्भिक जानकारी आएको बताए पनि उक्त विस्फोट बम नभएर गन पाउडरका कारण भएको प्रहरीले बताएको हो ।

कास्की-२ मा १४ मंसिरमा प्रतिनिधिसभा सदस्य चयन गर्नका लागि उप-चुनाव हुँदैछ । आज दलहरूले उम्मेदवारीको मनोनय दर्ता गर्ने कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts