Logo

नेपालले आज  म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्दै



काठमाडौं । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबलको दोस्रो चरणको छनोट खेलिरहेको नेपालले आज  म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्दैछ । नेपाल र म्यानमारबीचको मैत्रीपूर्ण खेल मन्डला थिरी स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार अपरान्ह ४ : १५ बजे सुरु हुनेछ ।

म्यानमारसँगको मैत्रीपूर्ण खेललाई नेपालले कुवेतसँगको तयारीको रुपमा लिएको छ । कुवेतसँगको खेल नेपालको पहिलो घरेलु खेल समेत हो ।

नेपालले बलियो टिम म्यानमारसँग पहिलोपटक मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफा वरियतामा २० स्थान माथिको म्यानमारसँग नेपालले यस अघि एक पटक प्रतिस्पर्धा गरिसकेको छ । तर, मैत्रीपूर्णमा भने यो पहिलो भेट हो ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts