Logo

काठमाण्डाै महानगरपालिका क्षेत्रभित्र नयाँ विद्यालय सञ्चालन गर्न नपाइने



काठमाडौं । काठमाण्डाै महानगरपालिका क्षेत्रभित्र कुनै पनि स्थानमा नयाँ विद्यालय सञ्चालन गर्न नपाइने भएको छ ।  महानगरभित्र भएका विद्यालयहरूलाई नै व्यवस्थित बनाएर गुणस्तरीय शिक्षा दिने भन्दै महानगरले नयाँ विद्यालय सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

विद्यार्थी सङख्याका आधारमा विद्यालय धेरै भएकाले नयाँ विद्यालयको लागि अनुमति दिन रोक लगाएको काठमाण्डाै महानगरपालिका शिक्षा विभागले जनाएको छ । अहिले काठमाडौंमा ९१ वटा सामुदायिक र ६ सय ६३ वटा संस्थागत विद्यालय छन् ।

देश संघीयतामा गएसँगै विद्यालयहरूको नियम गर्ने अधिकार स्थानीय सरकारलाई गएको छ । त्यही अधिकार प्रयोग गर्दै हाल स्थानीय तहलले विद्यालयको नियमन गर्दै आएका छन् । कानूनीरूपमा नै विद्यालय सञ्चालन र व्यवस्थापनको जिम्मा स्थानीय तहले पाएसँगै काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र नयाँ विद्यालय सञ्चालन अनुमति नदिने निर्णय गरेको हो ।

संख्या बढेर गुणस्तरीय शिक्षा नहुने भन्दै महानगरले भएका विद्यालयलाई व्यवस्थित गर्ने योजना लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts