Logo

विवादका बीच कांग्रेसबाट कास्की –२ मा खेमराज पौडेल उम्मेदवार

पौडेल, कोइराला, यादव र सिटौलाद्धारा पदाधिकारी बैठक बहिष्कार



काठमाडौं । नेपाली कांग्रेसले कास्की निर्वाचन क्षेत्र नम्बर दुईमा उपनिर्वाचनका लागि खेमराज पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । नेपाली कांग्रेसको पदाधिकारी बैठकले कास्की कांग्रेसका पुराना नेता पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । तर पौडेललाई उम्मेदवार बनाउने निर्णयमा सभापति शेरबहादुर देउवा इतरका नेताहरुले भने पदाधिकारी बैठक बहिष्कार गरेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष सितादेवि यादव र नेता कृष्ण सिटौलाले पदाधिकारी बैठक बहिष्कार गरेका थिए । तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको गत वर्ष फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा निधन भएपछि कास्की २ प्रतिनिधि सभा सदस्य विहिन छ । नेकपाले रवीन्द्रकै श्रीमती विद्या भट्टराईलाई उमेद्वार बनाएको छ । कास्की–२ मा उम्मेदवार बन्ने आकांक्षा राखेको केन्द्रीय सदस्य धनराज गुरुङले अन्तिम समयमा उम्मेदवार नबन्ने घोषणा गरेका थिए । सभापति देउवा इतरको समुहबाट गत आम चुनावमा उम्मेदवार बनेका देवराज चालिसे आकांक्षी थिए । देउवाले गुरुङको नाम अघि सारेपछि पौडेल समेत सकारात्मक देखिए । तर, देउवा गुरुङको नामबाट पछि हट्दै खेमराज पौडेलको पक्षमा उभिएपछि उनीहरु बैठबाट बाहिरिएका हुन् । विवाद बढेपछि गुरुङले पदाधिकारी बैठकमै गएर आफूलाई उम्मेदवार नबनाउन आग्रह गरेका थिए । बैठकमा पौडेलले हार र जितको जिम्मेवार सभापतिले नै लिनेगरी जसलाई उम्मेदवार बनाउनु छ बनाउनुहोस् भन्दै बैठकबाट बाहिरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts