Logo

प्रचण्डले प्रदेश ५ को राजधानी दाङ हुनसक्ने सम्भावना रहेको बताए



दाङ । प्रेस सङ्गठन दाङले आज दाङको घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश ५ को राजधानी दाङ हुनसक्ने सम्भावना रहेको बताएका छन् । प्रचण्डले दाङलाई प्रदेश ५ को केन्द्र बनाउन पहल गर्ने बताएका छन् ।

राजनीतिक आन्दोलन र परिवर्तनमा दाङको भूमिका अग्रणी रहेकाले प्रदेश ५ को राजधानी दाङ उपयुक्त हुने उनकाे भनाइ छ । उनले दाङको पूर्वाधार निर्माणमा पनि वृद्धि भएको बताए ।

उनले प्रदेशको राजधानी टुंगो लागिसकेपछि विकास प्रक्रियाले गति लिने बताए । दाङ पुग्दा आफूलाई न्यानो अनुभूति हुने गरेको भन्दै प्रचण्डले विकासमा दाङले फड्को मारेकोमा प्रसन्नता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts