Logo

वीरगञ्जबाट गोली हानी एकजना अपरहणकारी पक्राउ, अपहरणमा परेका बालकको सकुशल उद्धार



पर्सा । वीरगञ्जबाट प्रहरीले गोली हानेर एकजना अपरहणकारीलाई नियन्त्रणमा लिएको छ । साथै अपहरणमा परेका एक बालकको पनि सकुशल उद्धार भएको छ ।

घटना गएराति वीरगञ्जकै सिर्सिया खाल्वाटोलामा भएको हो । घटनामा प्रहरीले पर्साको पोखरीया नगरपालिका–८ बस्ने राजकुमार दासलाई गोली हानी नियन्त्रणमा लिएको छ । गोली दासको दाहिने खुट्टामा लागेको छ ।

घटनाको बारेमा आजै जिल्ला प्रहरी कार्यालय पर्सामा पत्रकार सम्मेलन गरेर विस्तृतमा जानकारी दिइने प्रहरीले जनाएको छ । काभ्रेबाट एक बालक अपहरण गरी अभिभावकसँग फिरौती लिँदै गर्दा पुगेको प्रहरी टोलीलाई पेस्तोल ताकेपछि प्रहरीले दासलाई गोली हानी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । गोली लागेर घाइते भएका अपहरणकारीको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts