Logo

नेपाल र एमसीसीको  तीन दिवसीय क्रिकेट आजदेखि



काठमाडौं । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्व नेपालको तीन दिवसीय प्रथम श्रेणीको क्रिकेट आजदेखि सुरु हुँदैछ ।

नेपाल भ्रमणमा रहेको एमसीसीसंग नेपालले पहिलो प्रथम श्रेणीको क्रिकेट खेल्न लागेको हो । खेल काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान साढे ९ बजेपछि सुरु हुनेछ ।

नेपाली टिममा रहेका सोमपाल कामी र शरद भेषवाकर बाहेक अन्य खेलाडीले प्रथम श्रेणीको क्रिकेट खेलेका छैनन् । त्यसैले कम्तीमा ९ नेपाली खेलाडीले प्रथम श्रेणीको क्रिकेटमा डेब्यु गर्नेछन् ।

करिब १४ बर्षपछि नेपालले घरेलु मैदानमा प्रथम श्रेणीको क्रिकेट खेल्न लागेको हो । सन् २००५ मा नेपालले युएईविरुद्व त्रिवि मैदानमा तीन दिवसीय क्रिकेट खेलेको थियो । अन्तिम पटक नेपालले नामिबियाको मैदानमा घरेलु टोलीविरुद्व अन्तिम पटक प्रथम श्रेणीको क्रिकेट खेलेको थियो ।

नेपाल भ्रमणमा रहेको एमसीसीले यसअघि नेपालको यू–१९ र राष्ट्रिय टिमसंग एकदिवसीय क्रिकेट खेलेको थियो । उमेर समुहको टिमलाई हराएको एमसीसी सिनियर राष्ट्रिय टिमसंग भने पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts