Logo

६ बालबालिकासहित ९ अमेरिकीको मेक्सिकोमा हत्या



एजेन्सी । नौ अमेरिकीको मेक्सिकोमा हत्या भएको छ । तीन महिला र ६ जना बालबालिकाको गोली प्रहार गरी हत्या भएको हो । मेक्सिकोको उत्तरी क्षेत्रमा लागुऔषध तस्करको समूहले उनीहरुलाई गोली प्रहार गरेको आशंका गरिएको छ । पीडितहरु लिबारोन परिवारका सदस्य हुन् ।

उनीहरु दशकौँ पहिले मेक्सिकोमा बसोबास गर्न गएका ब्रेकअवे मोर्मोन समुदायका रहेको बताइएको छ । पीडितहरु मेक्सिकोको सो क्षेत्रमा गाडीमा गएका थिए, त्यहि बेला आक्रमण भएको हो ।

मेक्सिकोका रक्षा मन्त्रीले उनीहरुको पहिचानमा गल्ती भएकाले लागुऔषध तस्करले समूहले आक्रमण गरेको हुन सक्ने बताएका छन् । मेक्सिकोको उत्तरी क्षेत्रमा रहेको सोनोरा राज्यमा दुई ठूला लागुऔषध तस्कर समूहबिच लामो समयदेखि झडप तथा विवाद हुँदै आएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मारिएकाहरु राम्रो परिवार र साथीहरुको समूह रहेको बताएका छन् । दुई तस्कर समूहको झडपको चपेटामा उनीहरु परको भन्दै ट्रम्पले दुःख व्यक्त गरेका छन् । तस्कर विरुद्धको अभियानका लागि अमेरिका तयारी अवस्थामा रहेको उनले बताएका छन् ।

अमेरिकी सञ्चार संस्था सिएनएनका अनुसार अमेरिकाको संघीय अनुसन्धान ब्युरो ९एफबिआई० ले घटनाको छानबिनमा सहयोग गर्ने प्रस्ताव मेक्सिकोलाई गरेको छ ।

मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले आफ्नो देशले निष्पक्ष र सार्वभौम रुपमा घटनामा संलग्न अपराधी पत्ता लगाउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts