Logo

कांग्रेस नेता आलमको बयान आज पनि



काठमाडौं । नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमको बयान मंगलबार नसकिएपछि आज पनि लिइने भएको छ ।

जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा मंगलबार आलमको छोटो मात्र बयान भएको हो । बयानका लागि बिहान साढे बजे नै अदालत पु¥याइएका आलमको बयान सवा तीन बजे शुरु भएको थियो । आलमलाई सवा एक बजे जिल्ला न्यायाधीश ढकालको इजलासमा लगेपछि उनका पक्षका कानून व्यवसायीले मुद्दाको मिसिलको नक्कल प्रति आफूहरुले नपाएको भने पछि शुरु हुन लागेको बयान केहीबेर रोकिएको थियो ।

आलम पक्षका कानून व्यवसायीले मुद्दाको मिसिलको नक्कल प्राप्त गरेपछि मात्रै आलमको बयान शुरु भएको थियो बयान झण्डै ४५ मिनेट चलेको थियो । मान्छेलाई जिउँदै इँटाभट्टामा हालेर जलाएको आरोपमा आलमलाई जन्मकैदको माग दाबी सहित रौतहट जिल्ला अदालतमा सोमबार मुद्दा दर्ता भएको थियो । जसमा आलमलाई सर्वस्वसहित जन्मकैद वा आजीवन काराबासको सजाय मागदाबी प्रहरीले गरेको छ ।

मुद्दामा आलमसहित एघार जनालाई प्रतिवादी बनाइएको छ । प्रहरीले आलमलाई विष्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुर गरी तीन अभियोग लगाउदै मुद्दा दर्ता गराएको हो ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts