Logo

डा. गोविन्द केसी १७ औं अनसनमा (यस्तो छ केसीको अनसन यात्रा)



डडेल्धुरा । मेडिकल शिक्षा सुधारका विभिन्न माग राखेर अनशन बस्दै आएका डा. गोविन्द केसीले १७औँ चरणको अनशन सुदूरपश्चिमको डडेल्धुरामा शुरु गर्नुभएको छ।

सोमबार डाक्टर केसी आफ्ना सहयोगीहरुलाई पनि थाहा नदिई डडेल्धुरा पुग्नुभएको थियो । यसअघि उनी नेपाल चिकित्सक संघको भवनमा अनशन बस्नो तय भए पनि एक्कासी डडेल्धुरा पुगेका केसीका सहयोगीले बताएका छन् ।

यस्तो छ डा. केसीको अनसन यात्रा

चिकित्सा शिक्षाका सुधारका लागि डा केसीले शिक्षण अस्पताल महाराजगञ्ज अस्पतालमै २०६९ साल असार २१ गते पहिलो अनशन शुरू गरेका थिए । गत असोज २७ गते उमेर हदका कारण टिचिङबाट अवकाश पाएका केसीले १७ औँ अनसनको माग भने असोज २७ गतेको पत्रकार सम्मेलनमा सार्वजनिक गरेका थिए । आंदोलनरत मेडिकल विद्यार्थीहरुका मागहरु पूरा गर्दै नेपालका सबै निजी मेडिकल कलेजले अवैध रुपमा असूल गरेको सम्पूर्ण रकम फिर्ता गरिनुपर्नेदेखि संक्रमणकालीन न्यायसम्बन्धी मुद्धाहरु उठाएका छन् ।

२०७५ साउन १० गते भएको सम्झौता अनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस् भन्ने उनको मूख्य माग छ । विश्वबिद्यालयहरुमा पदाधिकारी नियुक्तिको हालको प्रक्रिया रोकी पराशर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझाब अनुरूप निष्पक्ष र पारदर्शिता ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गरियोस भन्ने केसीको दोस्रो माग छ ।

आंन्दोलनरत मेडिकल विद्यार्थीहरुका मागहरु पूरा गर्दै नेपालका सबै निजी मेडिकल कलेजले अवैध रुपमा असूल गरेको सम्पूर्ण रकम फिर्ता गरिनुपर्ने माग पनि उनले अघि सारेका छन् । यससंगै केसीले अरबौंको ठगी तथा आर्थिक अपराधका दोषी मेडिकल कलेजका संचालकहरुलाई फौजदारी कानून बमोजिम कडाभन्दा कडा कारवाही गर्नुपर्ने माग राखेका छन् ।

संंसदीय उपसमितिको माफियाको प्रभावमा गरिएको शुल्क र सीट संख्यामा बृद्वि गर्नेसम्बन्धी लगायतको निर्णय तत्काल खारेज गर्नपनि उनले माग गरेका छन् ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर विविएस कार्यक्रम संचालन गर्नुपर्ने, कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा एमडिजिपि कार्यक्रम सञंचालन गर्ने अनुमति अनुचित ढङ्गले प्रधानमंत्री कार्यालयले अडकाएर राखेको भन्दै त्यसलाई तुरुन्त स्विकृती दिँदै शीघ्र एमविविएस कार्यक्रम सञ्ंचालन गर्ने व्यवस्था गरिनुपर्ने पनि केसीको माग छ ।

प्रदेश नं दुई र चार तथा डोटी र डडेल्धुरा, उदयपुर र इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइयोस भन्ने संगै अन्तिममा संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरुमा दलीय भागवंडाबाट नभई पीडितको विश्वास जित्ने विज्ञहरुलाई नियुक्त गरिनुपर्ने उनको माग छ ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts