Logo

साताको पहिलो दिन नेप्से परिसूचकमा उच्च गिरावट



काठमाडौं । साताको पहिलो दिन आइतबारको कारोबारमा नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा उच्च गिरावट आएको छ । नेप्से ८ दशमलव आठ आठ अंकले घटेर १ हजार १ सय ३९ दशमलव दुई नौ बिन्दूमा झरेको छ ।

आज कुल १६१ वटा कम्पनीको ७ लाख ८४ हजार कित्ता शेयर १७ करोड ५५ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । आइतबार कारोबारमा आएका समूहमध्ये सामूहिक लगानी कोष समूह बाहेक सबै समूह घटेका छन् । यस दिन प्रभु बैंक र देवः विकास बैंकका संस्थापक शेयरको सबैभन्दा बढी कारोबार भएको छ ।

दुवैको आज करिब डेढ करोड रुपैयाँको कारोबार भएको छ । समग्र परिसूचक घटेको दिन एनआईसी एसिया ग्रोथ फन्ड र बरुण हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।

यी कम्पनीको शेयर मूल्य करिब साढे चार प्रतिशतले बढेको छ । तर, मेगा बैंक नेपाल र आँखुखोला जलविद्युत् कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यी कम्पनीको शेयर करिब साढे पाँच प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts