Logo

सरकारले गुठी संस्थानको अरबौँ रकम नतिरेको खुलासा



काठमाण्डौ । सरकारले नै गुठी संस्थानको भोगचलन गरेका जग्गाको अरबौँ रकम नतिरेको खुलासा भएको छ ।

गुठी संस्थानले आफ्नो ५६ औँ वार्षिकोत्सव कार्यक्रमको अवसर पारेर आज काठमाण्डौमा सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा सरकारले आफ्नो कार्यालय र अन्य संघ-संस्थाका लागि जनकपुरमा मात्रै गुठीको एक सय ७० बिगाहाभन्दा बढी उपयोग गरे पनि त्यसको मात्रै १५ अर्बभन्दा बढी बहाल नदिएको उल्लेख गरिएको छ ।

कार्यक्रममा बोल्दै संस्थानका प्रशासक नारायण चौंधरीले, “सरकार र अन्य संघ-संस्थाहरुसँग गुठीको जग्गाको झण्डै १६ अर्ब ७२ करोड २५ लाख रुपैयाँ असुली गर्न बाँकी रहेको उल्लेख गर्दै असुलीका लागि सरकारसँग पत्राचार गर्ने निर्णय गरिएको” पनि बताए।

प्रतिवेदनमा सरकारसँग अरबौँ रकम असुली हुन नसक्दा गुठी संस्थान सञ्चालनमा खर्च अभाव हुने अवस्था आएको उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Recent Posts