Logo

पर्यटन बर्ष सफल पार्न जुट्दै हुप्सेकोट गाउँपालिका



नवलपुर । हुप्सेकोट गाउँपालिकाले पर्यटन बर्ष २०२० सफल पार्नका निमित्त विभिन्न कार्यक्रम सन्चालन गर्दै आएको छ । गत भदौ १२ गते संस्कृती,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको उपस्थितिमा अभियानको थालनी गरिएको थियो । गाउँपालिकाले मन्त्री भट्टराईको उपस्थितिमा ऐतिहासिक रुद्रपुर गणि पर्यटकिय क्षेत्र उदघाटन ,लाली गुरास संरक्षीत क्षेत्र घोषणा लगायतका कार्यक्रम सम्पन्न गरिसकेको छ । समुन्द्र सतहबाट १८०० मिटरमा पर्ने त्यस क्षेत्रलाई मन्त्री योगेस भट्टराईले इलामको कन्याम सङ्ग तुलना गरेर त्यस क्षेत्रलाई पर्यटकिय क्षेत्र गराउनका लागि आफ्नो पुर्ण सहयोग रहने प्रतिबद्दता ब्यक्त गरेका थिय ।

मन्त्री भट्टराईले इलामको कन्याम सङ्ग तुलना गरेको मनमोहक स्थल देबचुली नगरपालिकाको दलदलेबाट २६ कि मि र हुप्सेकोटको केन्द्र रहेको झ्यालबासबाट ४१ कि मि मा पर्दछ । उक्त कार्यक्रम पछि हुप्सेकोट गाउँपालिका पर्यटन बर्षलाई सफल पार्नका लागि बिभिन्न कार्यक्रमको योजना निर्माणमा ब्यस्त रहेको अध्यक्ष लक्ष्मी देबि पान्डेको भनाइ छ ।
हुप्सेकोट गाउँपालिका प्रचुर सम्भावना बोकेको गाउँपालिका भएता पनि सिमित श्रोत साधनका कारणले काम अघि बढाउन नसकिएको भन्दै मन्त्रीको आश्वासन पछि भने योजना निर्माणमा लागेको अध्यक्ष पान्डेले बताउनुभयो । अहिले गाउँपालिकाले पहिचान नभएका एेतिहासिक र पर्यटकिय क्षेत्रको पहिचान गर्न र पहिचान भएका पर्यटकिय महत्व बोकेका सम्पदा, श्रोत र स्थलको डिपिआरको कामलाइ दुर्त गतिमा अगाडि बढाइएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलाबल्लब न्यौपानेले जानकारी दिनुभएको छ

अहिले हामी पहिचान नभएका पर्यटकिए स्थलको पहिचानमा र पहिले देखि पहिचान बोकेका स्थलको डिपिआरको तयारिमा छौ न्यौपानेको भनाइ छ । उहाका अनुसार बिकाश निर्माणलाई उत्पादन सङ्ग जोड्ने गाउँपालिकाको रणनितिलाइ सहयोग पुग्ने गरि नै पर्यटकिय पुर्बाधार निर्माण गरिनेछ । अहिले सेवा लिन आउने सेवा ग्राहिलाइ आफ्नो ठाउँको पर्यटकिय क्षेत्रको परिचय दिन र पर्यटन बर्षको अपनत्व जनतामा बढाउनका लागि गाउँपालिका कार्यालयको प्रत्येक शाखाको नामाकरण गाउँपालिका भित्रका पर्यटकिय क्षेत्रको नामबाट गरिएको छ । गाउँपालिका भित्र राजा रुद्रप्रताप सेनको रुद्रपुर गणि दरबार,शान्तिबाटिका,श्री पोखरी,जारे भञ्ज्याङ्,पहारे बसेनी,कृष्ण ढुङ्गा,थुम्किदेबी मन्दिर,धौवादिको विन फेन,लालिगुरास क्षेत्र,फलामखानी लगायतका पर्यटकिय स्थल एबं सम्पदा रहेका छन भने यिनैको नामबाट गाउँपालिकाको प्रत्येक शाखाको नामाकरण पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts