Logo

मोतिहारी–चितवन ग्यास पाइपलाइनको शिलन्यास

पाइपलाइन बन्न ५ वर्ष लाग्ने



बारा । मोतिहारी–चितवन ग्यास पाइपलाइन र अमलेखगन्ज–चितवन पेट्रोलियम पाइपलाइन परियोजना निर्माणको शिलान्यास भएको छ ।

शनिबार बाराको अमलेखगन्जमा भारतीय आयल कर्पोरेसन र नेपाल आयल निगमका प्रतिनिधिसहितको उपस्थितिमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले दुवै पाइपलाइन परियोजनाको शिलान्यास गरेका हुन ।

मोतिहारी–चितवन ग्यास पाइपलाइन र अमलेखगन्ज–चितवन पेट्रोलियम पाइपलाइनको विस्तार कार्य सँगसँगै हुनेछ ।

भारतको मोतिहारी हुँदै नेपालको लोथरसम्म कुल १ सय ३१ किलोमिटर ग्यास पाइपलाइन निर्माण र अमलेखगन्जबाट चितवनको लोथरसम्म करिब ६२ किलोमिटर पेट्रोलियम पाइपलाइन विस्तार हुने बताइएको छ ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले इन्जिनियरिङ संस्थानले गरेको प्रारम्भिक सर्वेक्षणअनुसार अमलेखगन्ज–चितवन पेट्रोलियम पाइपलाइन निर्माणमा ९ अर्ब ८६ करोड र मोतिहारी–चितवन ग्यास पाइपलाइनमा १५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको जानकारी दिनुभयो ।

आयल निगमका नायब कार्यकारी निर्देशक शुशील भट्टराईले दोस्रो चरणको यो परियोजनाको लागत निगमले पाँच वर्षमै आफैंले उठाउने दाबी गर्दै काठमाडौं–निजगढ दु्रतमार्ग हुँदै पनि विस्तार गर्न अध्ययन सुरु भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts