Logo

एक भए ग्लोबल आईएमई बैक र जनता बैक



काठमाडौं । ग्लोबल आईएमई बैक र जनता बैक नेपाल मर्जर भएका छन् । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममामर्जर सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा ग्लोबल आईएमई बैकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनता बैक नेपालका अध्यक्ष केशव बहादुर रायमाझीले हस्ताक्षर गर्नुभयो । दुवै बैकले नेपाल राष्ट्र बैकको अन्तिम स्वीकृति पश्चात एकीकृत कारोबार सुरु गर्नेछन् ।

मर्जरपछि बन्ने बैकको नाम ग्लोबल आईएमई बैक र त्यसको अध्यक्ष चन्द्रप्रसाद ढकाल हुने सहमति गरिएको छ । कार्यक्रममा ग्लोबल आईएमई बैकका अध्यक्ष ढकालले मर्जरपछि ग्लोबल निकट भविष्यमा नै सबै जिल्लामा सेवा विस्तार गरिने बताउनुभयो ।

मर्जर पछिको बैकको संञ्चालक समितिमा ग्लोबलको तर्फबाट ५ जना र जनताको तर्फबाट २ जना सदस्य रहने सहमति गरिएको छ । मर्जर पछि बैकको चुक्ता पुँजी करिब १९ अर्ब, कुल निक्षेप २ खर्ब भन्दा बढी र कुल लगानी २ खर्ब पुग्ने छ । त्यस्तै बैकको शाखा सञ्जाल ३ सय भन्दा बढी र ३ हजार २ सय बढी कर्मचारी रहनेछन् ।।

प्रतिक्रिया दिनुहोस्

Recent Posts