Logo

देउवाले दिए कम्युनिष्टले भन्दा राम्रो काम गर्न निर्देशन



भक्तपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट उम्मेदवार भई चुनाव जितेर स्थानीय तहमा काम गरिराखेका प्रमुख/उपप्रमुखलाई कम्युनिष्टले भन्दा राम्रो काम गर्न निर्देशन दिएका छन्।

भक्तपुरको बोडेमा पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबार सुरू गरेको कार्यक्रम उद्घाटन गर्दै सभापति देउवाले भने, ‘हामीले चुनाव जितेका ठाउँमा कम्युनिष्टले भन्दा राम्रो काम गरेर देखाउनुपर्छ। कामबाट नै कम्युनिष्टभन्दा हामी फरक हो भन्ने देखाउनुपर्‍यो।’

कम्युनिष्टहरूले जितेका स्थानीय तहमा भन्दा कांग्रेसले जितेका ठाउँमा फरक र राम्रा काम हुनुपर्ने देउवाको भनाइ छ। ‘जनताका पीर, मर्का र समस्याहरू बुझेर जनतासँगै समन्वय गरी राम्रो काम गरेर देखाउनुपर्छ,’ देउवाले भने।

 

प्रतिक्रिया दिनुहोस्

Recent Posts