Logo

अफ्रिकी मूलुक असुरक्षित होइन रोजगारीका लागि जाने बाटो गलत: अध्यक्ष डुम्रे (भिडियो)



काठमाडौँ । अफ्रिकी मूलुकमा नेपाली कामदारहरु जाने अवैधानिक बाटोका कारण कामदाररु समस्यामा पर्ने गरेको गैर आवासीय नेपाली संघ (एनआरएन) केन्याका अध्यक्ष सुरज डुम्रेले बताएका छन् । एनआरएनएको ९ औँ विश्व सम्मेलनमा सहभागी हुन काठमाडौँ आइपुगेका डुम्रेले एक टेलिभिज अन्तवार्तामा अफ्रिकी मुलुकहरुमा वैधानिक तवरले जाने ब्यवस्था गर्न सके कामदारहरु ठगिनबाट बच्न सक्ने बताए । ‘असुरक्षित देश होइन आफ्रिकी मूलुक सुरक्षित छ जुन तरिकाले अहिले त्यहाँ मानिसहरु गइरहेका छन् त्यो बाटो गलत छ ,’ उनले भने, ‘जाने प्रक्रिया मै कमजोरी छ उनीहरु नेपालबाट सिधा जाँदैनन् ।’

‘अफ्रिकी मूलुकमा नेपाली कामदारहरुलाई गर्ने ब्यवहार पनि राम्रो छ । केन्यामा अन्य देशहरुमा गर्ने जस्तै ब्यवहार नै गरिन्छ । पछिल्लो एक वर्ष यता कुनै अप्रिय खबर पनि आएको छैन ।’ उनले केन्या लगायतका अफ्रिकी देशहरुमा प्रशस्तै सम्भाबना र अबसरहरु रहेकाले सरकारले नै त्यहाँका लागि वैधानिक बाटो खुलाउन पहल गर्नुपर्ने बताए ।

त्यहाँको तलब र कामको स्तर पनि अन्य देशको तुलनमा राम्रो र सम्मानजक भएको उनको भनाई छ । बैदेशिक रोजगारीमा जाने युवाहरुलाई रोक्न सरकारले रोजगारीको ब्यवस्था गर्नु पर्ने अन्यथा युवाहरुको सुरक्षित भविश्यका लागि राम्रो देश सुरक्षित देशमा जाने ब्यवस्था गर्नु पर्ने अध्यक्ष डुम्रेले बताए । सरकारले लगानीको सुरक्षित बातावरण सिर्जना गर्न सके गैरआवासीय नेपालीहरुको ठूलो लगानी नेपाल भित्राउन सकिने उनले बताए ।

डुम्रेले सरकारी निकाय अग्रसर भए देशको बिकासका लागि योजना बनाएर अगाडी बढ्न सकिने पनि बताए । सरकारले बैधानिकता दिए अफ्रिकी मूलुकमा कामदारहरु सुरक्षित हुने डुम्रेको भनाई छ । उनले सरकारी निकायमा त्यसका लागि पहल पनि गरिरहेको बताए । केन्यामा नेपाली राजदुतावास नभएकाले पनि कामदारका समस्याहरु समाधान गर्न झण्झटिलो भएको उनको भनाई छ ।

हेर्नहाेस् सुरज डुम्रेसँगकाे पूरा भिडियो अन्तरवार्ता 

प्रतिक्रिया दिनुहोस्

Recent Posts