Logo

एनआरएनएको चुनाव : कुल आचार्यद्धारा प्यानल सहित उमेदवारी घोषणा



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्षका उम्मेदवार कुल आचार्यले आफ्नो प्यानल सार्वजनिक गरेका छन् । उनको प्यानलबाट उपाध्यक्षहरुमा केशव पौडेल, नरेन्द्र भाट, मन केसी र रविना थापा छन् ।

यस्तै महासचिवमा जानकी गुरुङ र कोषाध्यक्षमा सोम सापकोटा उम्मेदवार बनेकी छन् ।

उपाध्यक्षका उम्मेदवार पौडेल महासचिवका दावेदार थिए । तर साथीहरुको सल्लाहमा जानकीलाई महासचिवमा समर्थन गरेर आफू उपाध्यक्ष उठेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts