Logo

‘जरुरी पक्राउ’ पुर्जी थमाएर महरालाई पक्राउ गर्ने तयारी



काठमाडौ । तत्कालीन सभामुख कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ। अदालत बन्द भएकाले ‘जरुरी पक्राउ’ पुर्जी थमाएर महरालाई पक्राउ गर्ने तयारी प्रहरीको छ।

आफूमाथि बलत्कारको प्रयास भएको भनि संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले महरालाई पक्राउ गर्ने तयारी गरेको हो ।प्रहरीले अदालतलाई जानकारी नदिई पनि २४ घन्टासम्म हिरासतमा राख्न सक्छ।

पिडित भनिएकी शाहीले गत आइतबार कोठामै आएर महराले आफूलाई बलात्कारको प्रयास गरेको भन्दै शुक्रबार किटानी जाहेरी दिएकी थिइन् । आफूमाथि आरोप लागेको भोलिपल्टै महराले सभामुखबाट राजीनामा दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

Recent Posts