Logo

चीनमा आगलागी , एक कारखानामा १९ जनाको मृत्यु



एजेन्सी । चीनको झेजिआङ्ग प्रान्तको निङ्गबो शहरमा अवस्थित एक कारखानामा भएको आगलागीमा परी कम्तीमा १९ व्यक्ति मारिएका स्थानीय प्रहरीले सोमबार जानकारी दिएका छन् ।

दैनिक आवश्यकताको सामाग्री उत्पादन हुने यस कारखानामा स्थानीय समयानुसार आइतबार मध्यराती १ः२० मा  आगलागी शुरु भएको बताइएको छ ।

स्थानीय समयानुसार सोमबार बिहान ६ बजे सो आगलागीमा परी मारिने व्यक्तिको सङ्ख्या १९ पुगेको प्रहरीले जनाएको छ । यस दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts