Logo

अन्नपूर्णाको दशैं विशेष कार्यक्रममा घन्कियो रामचन्द्रको चर्चित गीत



काठमाडौं । भरतपुरको पार्बतीपूस्थित अन्नपूर्णा माविले शुक्रबार दशैं विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।

करिब चार घण्टासम्म आयोजना भएको कार्यक्रममा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । सो अवसरमा १२ वटा सामूहिक नृत्य, १ एकल नृत्य र चार विद्यार्थीले गायन कला प्रस्तुत गरेका थिए ।

अन्नपूर्णा माविका पूर्वविद्यार्थी एवं ख्यातिप्राप्त गायक रामचन्द्र काफ्लेको स्वरमा रहेको चलचित्र ‘पोइ पर्‍यो काले’को टाइटल गीत पनि बजाइएको थियो । आफ्ना पूर्वविद्यार्थीको सम्मानमा सो गीत बजाइएको विद्यालयले जनाएको छ । सो गीतमा विद्यार्थीहरु रमाएर नाचेका थिए ।

त्यसै गरी पूर्वविद्यार्थी एव पूर्वशिक्षक हरि योञ्जनको हालसालै रेकर्ड भएको गीत ‘लफङ्गी मोरीले लास्टै ल्याङ गर्छे ’ पनि बजाइएको थियो । सो अवसरमा विद्यालयका प्रधानाध्यापक बटुकलाल तामाङले भने, ‘पूराना प्रतिभाको सम्मान र नयाँ प्रतिभाको खोजी पनि हुने भएका कारण यसप्रकारको कार्यक्रम बर्सेनि आयोजना गर्दै आएका छौं ।’

विशेष सांस्कृतिका कार्यक्रमको संयोजकमा इश्वरीप्रसाद पौडेल, उपसंयोजकमा लिलानाथ न्यौपाने र डीलकुमारी शर्मा थिए । कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं। २१ का वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि चित्रसेन अधिकारी थिए । उनले विद्यालयलाई सांस्कृतिक कार्यक्रम गर्नका लागि वार्षिक २५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरे ।

त्यस्तै समाजसेवी तथा २१ नम्बर वडाका सदस्य कृष्णकुमार गुरुङले ५ हजार, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकान्त लम्सालले ५ हजार नगद सहयोग गर्ने प्रतिबद्धता जनाए ।

विद्यालयले आफ्नो वार्षिक कार्यक्रममै राखेर दशैंको बिदाअघि यसप्रकारको कार्यक्रम केही वर्षदेखि आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts