Logo

पाल्पामा जंगली च्याउ खाँदा ५ जना बिरामी



पाल्पा । जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा पाल्पामा ५ जना बिरामी भएका छन् ।

मंगलबार बेलुका जंगलबाट ल्याएको च्याउको तरकारी खाएपछि रामपुर नगरपालिका–४ खप्टारका टुलबहादुर मल्ल, ठगबहादुर खाँण, अनुप थापा, केसरी मल्ल र शंकर खाँण बिरामी भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले बताउनुभयो ।

उनीहरुको रुपन्देहीको सिद्धबाबा अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts