Logo

अमेरिकी राष्ट्रपति ट्रम्पलाई महाअभियोगको तयारी



एजेन्सी । अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको प्रक्रिया सुरु गरेको छ ।

तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले राष्ट्रपति ट्रम्पले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीको छवी खराब गराउनका लागि विदेशी शक्तिको सहयोगका लागि आग्रह गरेको आरोपबारे औपचारिक छानबिन सुरु गर्ने निर्णय भएको बताएकी छन । राष्ट्रपति जिम्मेवार हुनु पर्ने र त्यसकै लागि अनुसन्धान सुरु गरिएको उनले बताएकी छन ।

राष्ट्रपति ट्रम्पले आफूले कुनै पनि किसिमको गलत आग्रह वा प्रयास नगरेको दाबी गर्दै डेमोक्र्याटिक पार्टीको बहुमत रहेको हाउस अफ रिप्रिजेन्टेटिभमा थालिएको अनुसन्धान प्रक्रिया ‘फोहोरी’ प्रयास रहेको बताएका छन । महाअभियोग प्रक्रियाको अनुसन्धानमा डेमोक्र्याटिक पार्टीको बलियो समर्थन छ । यो प्रक्रिया अघि बढेमा रिपब्लिकनको नियन्त्रण रहेको माथिल्लो सदन सिनेटबाट पारित हुने सम्भावना लगभग छैन ।

प्रतिक्रिया दिनुहोस्