Logo

बढ्यो सुनचाँदीको भाउ



काठमाण्डौ । सुनको भाउ मंगलबार तोलामा एक सय रुपैयाँ बढेको छ । सुन मंगलबार तोलाको ७१ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार र सोमबार तोलाको ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार बढेको हो ।

यस्तै, चाँदी पनि आज तोलामा १० रुपैयाँ बढेर तोलाको ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts