Logo

संविधानको भावना विपरीत ल्याएका कुनै पनि विधेयक मान्य हुँदैनन : सभापति देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संविधानको भावना विपरीत ल्याएको कुनै पनि विधेयक मान्य नहुने चेतावनी दिनुभएकाे छ ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका सभापति देउवाले संविधानको मूलभूत सिद्धान्तमाथि दाँयाबाँया नगर्न पनि सरकारलाई सचेत गराउनुभयाे ।

संविधान दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले संविधानको भावना विपरीत सरकारले मिडिया काउन्सिल विधेयक, मानवअधिकार आयोगसम्बन्धी विधेयक ल्याएको उल्लेख गर्दै त्यसमा सहमति जनाउन नसकिने कुरा आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत भनिसकेको जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts