Logo

आर्थिक समृद्धिका लागि राजनीतिक एकतामा राष्ट्रपतिकाे जाेड



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक समृद्धि हासिल गर्ने साझा संकल्प पूरा गर्न सबै राजनीतिक दलहरुलाई एकजुट भएर अगाडि बढ्न आग्रह गर्नुभएकाे छ ।

संविधान दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले संविधानको सफल कार्यान्वयन हुँदै गइरहेको भन्दै संविधान निर्माणमा एकतावद्ध भएका राजनीतिक दलहरु मिलरे अघि बढ्नेमा आफू विश्वस्त रहेको बताउनुभयाे ।

कार्यक्रममा बोल्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधान निर्माणमा सबै राजनीतिक दलहरुको योगदान रहेको बताउनुभयाे ।  नेम्वाङले संविधानमा असन्तुष्टि भए जनतालाई विश्वासमा लिएर संशोधन गर्दै अघि बढन सकिने पनि स्पष्ट पार्नुभयाे ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts