Logo

बेईजिंगमामा डा कोइराला र चाओहुईबिच भेटघाट ,राष्ट्रपती जींगपिंगको नेपाल भ्रमण बारे छलफल



चिन । नेपाली काग्रेका प्रभावशाली नेता डा शेखर कोइराला चिनको भ्रमणमा रहनुभएको छ । उहाँले आज चिनका विदेश उपमन्त्री लो चाओहुईसँग भेटघाट गर्नुभयो । भेटवार्तामा आज संबिधान दिवश प्रशंग उल्लेख गर्दै चाओहुईले संबिधानको संरक्षण गर्दै संघियताको संस्थागत विकासका लागी शुभकामना दिनुभएको डा कोइरालाका स्वकिय सचिव दिनेश थपलियाले जानकारी दिनुभयो । भेटघाटका क्रममा डा कोईरालाले नेपाल ूएक चीन नीतिमा प्रतिबद्धू रहेको बताउनुभयो ।

उहाँहरु बिच नेपाल(चीन बिचको आपसी हित र निकट भविष्यमा हुन लागेको चिनीयाँ राष्ट्रपती सि जींगपिंगको नेपाल भ्रमणका बारेमा कुराकानी भयो।
चीनको बेईजिंगमा भएको उक्त भेटघाटमा चीनका लागी नेपाली राजदुत महामहिम लिलामणी पौडेलको पनी सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

Recent Posts