Logo

दशैंका लागि नयाँ नोट सटहि हुने ठाउँ यी हुन (सूचीसहित)



काठमाडौं । नेपाली हिन्दुहरुको महान पर्व दसैंका लागि असोज १० गतेदेखि नयाँ नोट सटही सुरु गरिने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले एक सूचना जारी गर्दै १० गतेदेखि नयाँ नोट सटही हुने जानकारी दिएको हो। राष्ट्र बैंकका अनुसार उपत्यकाबाहिर बिराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीका राष्ट्र बैंक कार्यालयबाट नयाँ नोट सटही हुनेछ।

त्यस्तै राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग बालुवाटारबाट पनि नयाँ नोट सटही हुनेछ। प्रतिव्यक्ति १८ हजार ५ सयका दरले नयाँ नोट सटही हुनेछ। ५, १०, २०, ५० र १ सयका नयाँ नोट वितरण हुनेछ। त्योबाहेक आफूसँग भएको पुराना नोटको साटो सुकिला नोट सटही पनि गर्न सकिनेछ।

राष्ट्र बैंकको बालुवाटार कार्यालयसहित उपत्यकाका २५ ठाउँबाट नयाँ नोट सटही हुनेछ। साथै नोटमा केरमेट तथा रङ लगाउने कार्य नगर्न राष्ट्र बैंकले सबैलाई आग्रह गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

Recent Posts