Logo

प्रजातन्त्र जोगाउन फेरि लड्नुपर्ने भयो : सभापति देउवा



काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सुरक्षा संयन्त्रमाथि प्रश्न उठाएका छन्।

बजेट अधिवशेनको अन्तिम दिन प्रतिनिधिसभामा बोल्दै देउवाले बाँके घटनालाई जोड्दै ‘यो राज्यमा को सुरक्षित छ?’ भनी प्रश्न गरे।

कांग्रेसको दोस्रो चरणको जागरण अभियानमा बाँकेकी सभापति किरण कोइरालाको हात भाँचिएको विषयमा संसद अवरुद्धसमेत गरेको कांग्रेसका तर्फवाट बोल्दै देउवा ओली र सरकारमाथि खरो आलोचनामा उत्रे।

‘जागरण अभियानको क्रममा बाँके जिल्ला सभापति किरण कोइरालाको हात भाँचिदिएको छ, हलभित्र कार्यक्रम गर्दा पनि वृद्ध महिलाको हात भाँचिन्छ भने भने तपाईंको राज्यमा को सुरक्षित छ?’ देउवाले प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै प्रश्न गरे, ‘यसैका लागि सात सालदेखि लडेको हो? यस्तो हुन थाल्यो भने धेरै दिन रोस्टम बन्द हुन्छ।’

देउवाले जनताले आन्दोलन गरी निरंकुशता हटाएको अवस्थामा पनि कार्यकर्ता परिचालित गरी सरकारले निरंकुशता लाद्न खोजेको आरोप लगाए।

प्रतिक्रिया दिनुहोस्

Recent Posts