Logo

नागरिकको स्वास्थ्यमा स्वास्थ्य मन्त्रीको भद्दा मजाक

समाचार टिप्पणी



काठमाडौं । डेंगु रोग नियन्त्रणमा सरकार उदासिन देखिएको छ । देशैभरी फैलिएको डेंगुबाट पछिल्लो दुई सातामा राजधानीको भक्तपुरमा मात्रै २ सय जनामा डेंगु देखियो । मेडिकलको भाषामा यो प्रकोपको रुप हो ।

तर सरकारका जिम्मेवार मन्त्रीले नै नेपालमा देखिएको डेंगु सामान्य भएको बताउँदै आएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले डेंगु संक्रमण आपतकालिन अवस्था घोषणा गर्नुपर्ने तहसम्म नरहेको बताए ।

नेपालमा मात्रै नभई विश्वका अन्य मुलुकमा पनि डेंगुको संक्रमण देखिएको उल्लेख गर्दे उनले नेपालको डेंगु संक्रमण जटिल किसिमको नभएको दाबी गरे । डेंगु सक्रमणको झण्डै महिना दिन बित्दा नेपालका विभिन्न जिल्लामा डेंगु प्रकोपको रुपमा देखिदा पनि सरकारका जिम्मेवार मन्त्रीले सामान्य समस्या भएको भन्न मिल्ला की नमिल्ला ?

संविधान प्रदक्त नागरिकको अधिकार माथि सरकारको यो भन्दा ठूलो मजाक के हुन सक्छ ? प्रकोपको रुपमा फैलिएको डेंगुलाई सरकारले किन यती धेरै हलुका सँग लिएको छ । अझै स्वयम मन्त्रीले थोरै मात्र मान्छे यो रोगका कारण मरेकाले यो सामान्य हो भन्दै गर्दा सरकार नागरिक प्रती कति जिम्मेवार छ भन्ने उदाङगो पार्छ ।

के १०–१५ जना नागरिकको मृत्यु हुनु सरकारका लागि सामान्य हो ? सरकार नागरिक प्रति जवाफदेही हुन कती नागरिकको मृत्यु हुने पर्ने हो सरकार ?

प्रतिक्रिया दिनुहोस्

Recent Posts