Logo

शुदुर पश्चिमाञ्चलका मुख्य मत्री लाई बुझाए बझाङवासीले १२ बुदे माग पत्र



सुरेश धामी भाद्र ३१ बझाङ जिल्ला समन्वय बझाङको तेस्रो जिल्ला सभा तथा बार्षिक समिक्षा गोष्ठिको उदघाटन गर्न बझाङ पुग्नु भएको सुदुरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्ट समक्ष बझाङ बासिको तर्फ बाट जिल्ला समन्वय प्रमुख खडक खड्काले १५ बुँदे माग पत्र बुझाएका छन् । बझाङ जिल्लाको विकास संग संगै खप्तड प्रर्वद्वन पदमार्गमा जोड दिइ पर्यटकिए स्थलका रुपमा जोड दिनु पर्ने,सुनिगाड, तल्कोटि गाढ, बाउली खोला , सेति नदी जस्ता नदी बाट विजुली निकाल्न ध्यान दिनु पर्ने, बझाङ बाट भारत लगाएतका देशहरुमा युवाहरु जाने भएकाले स्थानिय स्तरमा युवा रोजगार कार्यक्रममा जोड दिनु पर्ने, बझाङ ताक्लाकोट सडक निर्माणका लागि कुटनितिक पहल र प्रयास गरिनु पर्ने, लगायतका मागहरु राखेर १५ बुदे माग बुझाएका हुन् । यता तेस्रो जिल्ला सभाको उद्घाटन सभामा बोल्दै सुदुरपश्चिम प्रदेश मुख्य मन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारले विशेष गरेर कृर्षि ,जलस्रोत,जडिबुटि ,पर्यटन लगाएतका चार वटा क्षेत्रलाई प्राथमिकताको रुपमा राखेको बताउदै , बझाङ जिल्ला कृर्षि, जलस्रोत, जडिबुटि, पर्यटन क्षेत्रको धेरै सम्भावना भएको कारण यस तर्फ प्रदेश सरकारले बझाङ जिल्लालाई प्राथमिकतामा राखेको भन्दै स्थानिय सरकार संग पनि समन्वय ,सहकार्य गरि अगाडि बढ्ने बताउनु भयो । साथै यस बर्ष पनि एउटा स्थानियतह एउटा उत्पादन एउटा प्रशोधन केन्द्र लगाएतका कार्यक्रम रहेको बताए । उक्तm कार्यक्रममा बोल्दै सुदुरपश्चिम प्रदेशका सभामुख अर्जुन बहादुर थापाले स्थानिय सरकारले समेत बझाङ जिल्लाको विकासका लागि जोड् दिनु पर्ने भन्दै, स्थानिय ऐन विधेक र कानुन बनाउन तर्फ ध्यान दिनु पर्ने र त्यो अनुसार प्रदेश सरकार समेत अगाडि बढेको बताए ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts