Logo

महाधिवेशन डेढ वर्षयता अहिलेको नेतृत्वले गर्छ भन्ने विश्वास पनि छैन

अर्जुननरसिंह केसी, नेता नेपाली कांग्रेस



♦केन्द्रीय कमिटीको बैठक पनि भएको छ नेपाली कांग्रेसले जागरण अभियान पनि गयो, किन पार्टी कताकर्ता अलमलिएको छ ?
जुन ढंगबाट पार्टीलाई गतिशिलता दिनुपर्ने हो त्यो भएको छैन । हामीले पार्टीभित्र बारम्बार घचघच्याइरहेका छौं । निर्वाचनपछि पनि पार्टीभित्रको गति, कार्यशैली, सोच, विधि, व्यवहारले ब्यापक रुपमा चुनौतिहरु देखिएका छन् । तिनीहरुको सामना गर्न जति सशक्तता हुनुपर्ने हो त्यसमा कमजोर देखिएकै छ । अहिले १५ दिनदेखिको लगातारको मिटिङले खासै दिशा लिन सकेको छैन । हुनत हामीले केही सकारात्मक पक्षको प्रारम्भ गर्दै छौं । त्यसमा पार्टीलाई संघीय संरचनाको ढाँचामा लैजाने निर्णय ग¥यौं । यो सकारात्मक पक्ष थियो सहमतिबाटै भएको छ । लामो बहस, छलफलपछि केही महत्वपूर्ण निर्णंयहरु भएका छन् । ती सबै सहमतिबाटै भएका हुन् । जस्तै भ्रातृ संस्थाहरुको निर्वाचन ६ महिनाभित्र गराउने सहमति भएको छ । शुभेच्छुक संस्था जनसम्पर्कक समितिको निर्वाचन गराउनेदेखि लिएर पार्टीका विभिन्न भ्रातृ संस्थाका अहिलेको संरचना अनुसारको विधानका बारेमा पनि एउटा समिति गठन भएको छ । मूलतः पार्टीभित्र आन्तरिक द्वन्द्व छ । हरेक जीवन्त पार्टीभित्र त्यस्तो हुन्छ । तर, अहिले जुन खालको स्थिति छ यो देशमा समग्र रुपबाट नेपाल कम्युनिस्ट पार्टीको सरकारले लोकतान्त्रिक आवरणमा शासनपद्धतिलाई एकदलीय ढाँचामा लाँदै छ । त्यसको बारेमा गम्भीर भएर सोच्नुपर्ने छ ।
आफ्नै आन्तरिक द्वन्द्वमा फसेको पार्टीले सशक्त प्रतिपक्षीको भूमिका कसरी निर्वाह गर्छ ?
अहिले समग्र रुपमा लोकतत्त्रकै लागि चुनौति छ । त्यो चुनौतिको सामना गर्न अहिले हामीभित्र को कति बाहुबली भनेर द्वन्द्वमा लाग्नुभन्दा समग्र एकता हुनुपर्छ र त्यो शक्तिबाट अहिलेको कम्युनिस्ट पार्टीको सरकारसँग खरो रुपमा उभिनुपर्छ यो हाम्रो आवश्यकता हो । त्यसैले निरन्तर प्रयत्नमा छौं । त्यसको लागि जहिले पनि सत्ता जसले नियन्त्रण गर्दछ । त्यहाँभित्र देखिएका विमति, असहमति र द्वन्द्वलाई संयोजन गर्ने काम नेतृत्वले गर्नुपर्छ । त्यो काम हाम्रो पार्टीभित्र पनि सभापतिले नै गर्नुपर्छ । योभन्दा अगाडि जेभयो –भयो त्यसलाई बिर्सने हो भने पनि नयाँ गति, प्रगति र विश्वासको निम्ति चटके सल्लाकारका बीचबीचमा सल्लाह सुनेर होइन । सामुहिक रुपबाट छलफल गरौं ।
♦तर, केन्द्रीय समितिको निर्णयले त त्यस्तो देखाएन नि ?
केन्द्रीय कार्यसमितिको निर्णयमा कतिपय कार्य समितिहरु गठन भएका छन् । त्यो समितिमा सबै साथीहरुको प्रतिनिधित्व छ । पछिल्लो समयमा जेजति निर्णयहरु भएका छन् सबै सहमतिमै भएको हो । त्यसले पार्टीभित्र रचनात्मक काम गर्न नयाँ उर्जा थपेको छ ।
पार्टीभित्र नेतृत्वले सबैको भावनाको कदर गर्न नसक्ने र फरक मत राख्ने पक्षले पनि प्रतिपक्षको भूमिका निर्वाह गर्न नसक्ने दुवैतिर कमजोरी देखिन्छ नि ?
हामीले जागरण अभियानदेखि जति पनि सरकारको विरोधका कार्यक्रमहरु गर्दछौं । त्यसमा नेपाली कांग्रेसका कार्यकर्ताहरुको उपस्थिति छ । तर, आमजनतालाई सहभागी गराउन हामीले सकेका छैनौं । आमनागरिकलाई त्यसमा सहभागी गराउन अहिले देश भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । देशमा घटेका ठूलठूला काण्डहरु जस्तै वाइडवडी, सुन, बूढीगण्डकी, बालुवाटार जग्गा प्रकरण, गुठी र सरकारी जग्गा अपचललगायतका क्षेत्रहरु भ्रष्टाचारले डुबेको अवस्था छ । त्यसको विरोधमा सशक्त जनआवाज उठाउनुपर्ने कांग्रेसको अहिलेको आवश्यकता हो । त्यति मात्र होइन महंगी, व्यरोजगारी, असुरक्षा, हत्या, हिंसा, बलात्कारको त साम्राज्य जत्तिकै भइरहेको छ । त्यसको प्रतिनिधित्व प्रमुख प्रतिपक्षको नाताले नेपाली कांग्रेसले गर्नुपर्ने हो ।। त्यसमा हामी चुकेका छौं । त्यो गर्नको निम्ति कांग्रेसमा एकताको जरुरी छ ।
भ्रष्टाचारमा कांग्रेसको नेतृत्व पनि जोडिएको छ त्यसैले विरोधमा उत्रन नसकेको भनिन्छ नि ?
त्यो त सरकारले प्रतिपक्ष दलको संलग्नता छ भने छानविन गरेर जनताको अगाडि छर्लङ्ग्याइदिए भैगो नि ।
♦कांग्रेसलाई के अप्ठ्यारो त सशक्त विरोधमा उत्रन ?
नेपाली कांग्रेसमा अहिलेसम्म सशक्ता नदेखिएरै कमजोरी भइराखेको छ । प्रमुख प्रतिपक्ष हामीहरु सशक्त हुने हो भने काठमाडौंमा मात्रै ७० प्रतिशत पानी ट्याङमा मगाएर खानुपर्ने अवस्था छ । ३० प्रतिशत मात्र खानेपानीले दिएको अवस्था छ । त्यसकै विरोधमा पनि यहाँ ठूलो जनलहर पैदा गर्न सकिन्छ । जनताका जनजीविकासँग जोडिएका यति धेरै मुद्दाहरु छन् हामीले त्यसलाई समातेर अगाडि बढ्न सकेका छैनौं ।
♦किन नसकेको हो त ?
यसमा पहिलो नेतृत्व चनाखो भएन । दोस्रो हामी पार्टीभित्र आन्तरिक द्वन्द्व व्यवस्थापन हुन सकेको छैन । अहिले आएर केही संवैधानिक परिषद्का बैठकहरु कहिले बोलाएको छैन भनिन्छ । बोलाएको छैन भने सार्वजनिक रुपमै अदालत जानुप¥यो । बोलाएको हो भने त्यहाँ गएर अहिले पनि कुनै विषयमा नेपाली कांग्रेस प्रतिपक्षको नाताले एक÷दुई जनाको सिफारिस चाहिन्छ भन्नुभन्दा प्रबुद्ध व्यक्तिले स्वीकारेका दुई÷चार जना मान्छेको नाम राखेर यीमध्ये गर्ने भए गर होइन भने हामीलाई स्वकार्य छैन भनेर हिड्ने आँट नेतृत्वमा चाहिन्छ भनेर हामीले सुझावहरु दिएका छौं ।
पार्टी नेतृत्वतहमा बसेका नेताले गर्न सक्नुभएन भनेर भन्न सक्नुप¥यो नि तपाईं जत्तिको नेताले ?
यसलाई जुन ढंगले गर्नुपर्ने थियो । त्यसरी गर्न नसक्नुभएकै हो ।
♦कुन ढंग हो त ?
प्रमुख प्रतिपक्षीले भागबण्ड खोजेर, मागेर हिड्दैन । राष्ट्रिय प्रतिपक्षले राष्ट्रियहितका कुरा, जनजीविकाका कुरा, संविधानका कुरा, विधानबिपरीत भएका अहिलेका मनपरी तन्त्रका कुरा स्पष्ट ढंगले राख्ने गर्दछ । संसद्मा पनि प्रमुख प्रतिपक्ष दलको नेताले नै प्रस्तुत गर्नुपर्छ । यो भएन भने हामी संसद् चल्न दिँदैनौ भनेर कडा अडाना लिनुपर्छ । त्यसमा कमी देखिएको छ, त्यसलाई केन्द्रीय कमिटीमा कुरा उठाएका छौं । अब सुधार हुन्छ भन्ने आशा छौं ।
एउटा गुटको नेता गएको ठाउँमा अर्को गुटका कार्यकर्ता नआउने फेरि वर्ष वर्षा याममा तपाईंहरुको जागरण कसरी भइराखेको छ ?
पहिलो त यो जागरण अभियानमा जेजति उपलब्धी हुनुपर्ने हो त्यो सही ढंगले भएको छैन । दोस्रो द्वन्द्व व्यवस्थापन र सही जागरणभन्दा पनि व्यक्तिगत संगठन सुद्रिढीकरणतिर केन्द्रित भएको देखियो ।
♦भनेपछि तपाईंहरुलाई महाधिवेशन लागिसकेको छ ?
महाधिवेशनलाई लक्षित गरेर लागेको देखिन्छ । त्यो नभएर यसलाई जनता र कार्यकर्ताबीच अहिलेको वस्तुगत परिस्थितिलाई मुल्यांङ्कन गरेर आपसमा एकता, सद्भाव झल्किने गरी प्रयोग गर्न सक्नुपथ्र्यो । अहिलेको प्रशिक्षण कार्यक्रम पनि आ–आफ्ना गुटलाई केन्द्रबिन्दुमा राखेर भइराखेको छ ।
विधिवत् रुपमा महाधिवेशन नजिक आइसक्नुभयो त्यतातिरभन्दा गुट–उपगुटतिर लाग्नुभएको छ ?
गुट–उपगुट हामीबीचमा छ । त्यसकारण यसलाई गुट–उपगुटको रुपमा होइन सिंगो पार्टीको रुपमा अगाडि बढाउनुपर्छ भनेर लागिरहेका छौं । गुटभन्दा पार्टीको नीति, पद्धति र सिद्धान्तको रुपमा विकास गर्नपर्छ भन्ने हो ।
♦तपाईंलाई पार्टी कहाँनेर अलमलिएको जस्तो लाग्छ ? नेतृत्व अक्षम भयो भन्न किन डराउनुभएको ?
मलाई कसैसँग डर छैन । म कहिल्यै पनि डराउने मान्छे होइन । म गिरिजाबाबुले पार्टी सभापति पद्धतिमा रहनुपर्छ यो वीपी कोइरालाको पालादेखि चलेर आएको चलन हो भन्दा मैले ‘सभापतिज्यू, अब पहिलाको जस्तो हाकिमी शैलीले पार्टी चल्दैन’ भनेर महासमिति बैठकमै भन्ने मान्छे म हो ।
♦तर, अहिले त डराइरहनुभएको छ नि ?
म कसैसँग डराएर होइन । कसैमाथि दोष थुपारेर मात्रै हुँदान । पार्टीलाई द्वन्द्वरहित ढंगले एक ठाउँमा ल्यानुपर्छ । त्यसको ला।िग सबैसँग आपसी समझदारी र समहतिमा अगाडि बढ्पर्छ भन्ने पक्षमा हो । केही गल्तीहरु हाम्रा छन् । केही गल्तीहरु नेतृत्वको छ । तिनीहरुको बीचमा संयोजन गरेर अगाडि बढ्नुपर्छ । हामी भोलि महाधिवेशनमा जो–जो जहाँ पुगौंला । जुन–जुन पदमा चुनाव लडौला । अहिले स्वार्थबिहीन संकल्प लिऊ । पार्टीलाई २०७९ मा पहिलो पार्टीको रुपमा स्थापित गरौं । त्यसको निम्ति सबैलाई संयोजन गरेर जाऔं । नेतृत्व र हामी दुवैले पक्षले आ–आफ्ना कमीकमजोर स्वीकार्नुपर्छ । किन भने अहिलेको कम्युनिस्ट सरकारको एकोहोरो लोकतन्त्रको आवरणमा कम्युनिस्टीकरण, एकदलीय शासनपद्धतीतिर मुलुक पुग्दै छ । त्यसबाट लोकतन्त्रलाई बँचाउनको निम्ति कांग्रेस मात्रै एउटा शक्ति हो त्यसभित्र एकताको जरुरी छ भन्ने मेरो आत्माअनुभूतिले गर्दा हो । म कसैसँग डराएर होइन ।
♦पार्टीभित्र आन्तरिक कमजोरी बोकेर कसरी कम्युनिस्टसित लड्न सक्नुहुन्छ ? 

कमजोरी छ । नेतृत्व सुध्रिएर अगाडि बढौं बढोस् भनेर हामीले भनेका छौं । त्यसको प्रतिक्षा गरौं ।

♦कति कुर्ने ?
त्यसमा त धैरेता हुनुपर्छ । राजनीति भनेको एउटा धैरेता अर्को संझौताको खेल हो । विरोधीमा पनि आफ्नो पार्टीभित्र पनि केही दिने केही लिने गरेर सहमतिमा अगाडि बढ्नुपर्छ ।
♦सत्तासञ्चालकले मुलुक अस्तव्यस्त बनाएका छन्, तपाईंहरुलाई अप्ठ्यारो लागेको छैन ?
राष्ट्रिय संस्थाहरुलाई सम्पूर्णले ध्वास्त बनाइएको छ । लोकतन्त्र भनेको विधि, पद्धतिले चल्ने हो । अहिले लोकतान्त्रिक संस्थाहरुलाई ध्वास्त गरिँदैछ । न्यायपालिकादेखि प्रशासन संयन्त्र र संवैधानिक व्यवस्थालाई नियन्त्रण गर्ने गरी नियम, कानुन बनाइँदै छ । प्रेसजगतलाई मिडिया काउन्सिल विधेयक, आमसञ्चार विधेयक ल्याएर सम्पूर्णमा नियन्त्रणकारी काम गरिएको छ । राष्ट्रिय सुरक्षापरिषद्, मानवअधिकार आयोग, गुठी संस्थानलगायत हरेकमा नियन्त्रण गर्ने गरी सरकारले नियम र कानुन बनाउँदै छ । यी सबैखाले अनियमिततालाई रोक्ने काम कांग्रेसको हो त्यो हामी गर्छौ ।
♦ढिलो भएको छैन ?
ढिलो भएको छ, एकैचोटी हामफालेर हुँदैन । सबैतिर व्यवस्था गर्दै जानुपर्छ ।
♦भातृ संगठ र जनसम्पर्क समितिको छ महिना म्याद थपिएको छ त्यसपछि फेरि थपिन्छ थपिँदैन ?
थपिँदैन तर ६ महिनाभित्र निर्वाचन हुनुपर्छ ।
♦विधिको कुरा गरिरहँदा आफ्नै पार्टी विधिले चल्नुपर्छ भनेर निर्णय गर्नुपदैन ?
पार्टी विधिले नै चल्नुपर्छ भनेर त निर्वाचित संस्थालाई म्याद थपेर पनि यथावत राखिएको छ । म्याद थपिए पनि हिजो त निर्वाचित भएको हो जहिले भए पनि । त्यसैले निर्वाचित संस्थालाई नै अधिवेशन गर्न दिने भनेको लोकतान्त्रिक पद्धतिभित्रै पर्छ ।
♦आगामी महाधिवेशन म्याद थपरे लामो समय जान्छ कि समयमै गर्नुहुन्छ ?
महाधिवेशन डेढ वर्षयता अहिलेको नेतृत्वले गर्छ भन्ने विश्वास पनि छैन र सम्भव पनि छैन । सकेसम्म चाँडो गर्नुपर्छ ।
पार्टीभित्र डेढ वर्षछि गर्ने सहमति भएको छ ?
सहमति भएको छैन । हामी सकेसम्म चाँडो गर्नुपर्छ भन्ने पक्षमा छौं । त्यो कुरा संस्थापन पक्षले निर्धारण गर्नुपर्छ ।
♦पार्टीभित्र असहमत पक्ष प्रतिपक्षको भूमिकामा सशक्त रुपमा उभिने क्षमता देखिएन नि ?
त्यो क्षेमता छ । किन भने अहिले कम्युनिस्ट पार्टीको सरकारबाट लोकतन्त्रमाथि नै जुन चुनौति छ । त्यसकारण पार्टीभित्र अहिले एकताको जरुरी छ । त्यो एकतालाई बलियो बनाउन हामीले पार्टीभित्र केही धैरेता, केही संयमता अपनाएका छाँैं ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts