Logo

अन्तरघातीलाई कारवाही गर्ने सभापति देउवाको भनाईमा असल नियत नभएको भन्दै महाधिवेशन प्रतिनीधिको प्रतिरोध 



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबार र शनिबार भक्तपुरमा आयोजना ग¥यो । सो कार्यक्रमको उदघाटनमा सभापति शेरबहादुर देउवाले पार्टीमा अन्तरघातिलाई कारवाही गर्ने उदघोष गरे । उनले अन्तरघातीलाई कारवाही गर्दा अवरोध गर्नेहरुको नाम पार्टी कार्यकर्ता र जनतामाझ सार्वजानिक गर्ने पनि उदघोष गरे । तर सोही प्रशिक्षण कार्यक्रममा सहभागिहरुले देउवा सो भनाईमा असल नियत नभएको भन्दै प्रतिरोध गरेका छन् । सहभागिहरुले उदाहरण नै दिएर देउवा निकट रहेका जिल्ला सभापतिहरुले आफ्नो विपक्षमा रहेकालाई तह लगाउन कारवाहीको अस्त्र प्रयोग गर्न लागेको भन्दै प्रतिरोध गरेका छन् ।

सहभागि भक्तपुरका महाधिवेशन प्रतिनीधिहरुले ठिमी नगरपालिकाको मेयरमा चुनाव हारेका अष्ट कवेलाई प्रतिशोध साँध्नका लागि भक्तपुर जिल्ला समितिले कारवाहीको तयारी गरेको भन्दै आपत्ती जनाएका थिए । ठिमी नगरपालिकामा उपमेयर सहित बहुमत सदस्य जितेपनि अष्ट कवेलाई भने अन्तरघात गरी हराइएको थियो । तर सोही ठाँउमा पुगेर सभापति देउवाले जिल्ला जिल्लाबाट कारवाहीको सिफारिस गरेका अन्तघातीहरुलाई कारवाही गर्ने उदघोष गरेर कस्तो सन्देश दिने खोजेको भन्दै सहभागिहरुले प्रतिरोध गरेको बताइएको छ ।

यसैबीच प्रशिक्षण कार्यक्रममा हिन्दु राष्ट्रको मुद्दा उठाएर महाधिवेशन प्रतिनीधिहरुले हो–हल्ला गरेका छन् । प्रशिक्षणमा सहभागी प्रतिनिधिहरुले हिन्दु राष्ट्रको मुद्दा पार्टीले उठाउन दबाव दिएपछि प्रतिष्ठानका संयोजक समेत रहेका उपसभापति विमलेन्द्र निधिले प्रतिवाद गरेका थिए । निधिले प्रतिवाद गरेपछि हिन्दु राष्ट्रको पक्षमा रहेका केही सहभागीहरुले हल्ला गरेका थिए । हल्लाले करिब १५ मिनेट प्रशिक्षण कार्यक्रम नै प्रभावित बनेको थियो ।प्रदेश सांसद नरोत्तम बैद्य, लोकश ढकाल, कृष्ण अमात्यसहितका सहभागिहरुको अगुवाईमा हिन्दु राष्ट्रको मुद्दालाई उठाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts