Logo

साँसद थापाले संसदमा भन्नु भो -प्रधानमन्त्री बा धपेडि नगर्नुहोस्, विश्राम लिनुहोस् (पुर्णपाठ)



काठमाडौ । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले पटक पटक विदेशमा उपचार गरेर मुलुकको शासन सत्ता सञ्चालनको जिम्मेवारी बहन गर्न कठिनाइ हुने बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्राम लिन आग्रह गरेका छन्।

प्रतिनिधि सभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद थापाले संविधान बमोजिम देशको कार्यकारिणी प्रमुख पटक पटक लामो समयसम्म देश बाहिर बस्दा एकातिर राष्ट्रिय सुरक्षा, कुटनीतिक मर्यादा आदिमा जोखिमको प्रश्न त अर्को तर्फ प्रत्येक दुई तीन महिनामा दश, बाह्र दिन विदेश गएर टेलिप्रिजेन्समार्फत मन्त्रीहरुको ब्रिफ्रिङ लिएर देश चलाउने कुराबाट शासकीय जिम्मेवारी पूरा हुन नसक्ने भन्दै विश्राम लिन र दिन आग्रह गरेका हुन्।

सत्तारुढ दलभित्र प्रधानमन्त्री बनिसकेका र बन्न इच्छा राख्ने नेताहरुको कमि नभएको र सदनमार्फत उसले चाहेकै व्यक्तिलाई प्रधानमन्त्री बनाउन सक्ने अवस्थामा मानविय दृष्टिकोणले पनि स्वास्थ्य र उमेकाकारण जिर्ण बनेका प्रधानमन्त्री ओलीको विकल्प खोज्न उनले सुझाव दिए।

प्रस्तुत छ सांसद थापाले व्यक्त गरेको विचारको अंशः

सम्माननीय सभामुख महोदय,
सम्माननीय प्रधानमन्त्री अहिले उपचारका क्रममा सिंगापुरमा हुनुहुन्छ। नेपाली कांग्रेस उहाँको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ। हामीले अथक कसर गरेर संसदबाट केही समय अगाडि एउटा कानून पारित गर्यौँ। कुनै पनि व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सो को लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध हुने छैन।

यो कानूनको पालना गर्नु भएकोमा प्रधानमन्त्रीप्रति हार्दिक आभार प्रकट गर्दछु। नागरिकको यसविषयका अन्य चासोहरुलाई प्रधानमन्त्रीले उपयुक्त समयमा बताउनु नै हुनेछ भन्ने विश्वास पनि गर्दछु।

प्रधानमन्त्रीको उपचारको बारेमा यथार्थ जानकारी सरकारले संसदलाई गराएको छैन। जनताले आफ्नो प्रधानमन्त्रीको स्वास्थ्यको बारेमा जान्न पाउनु पर्छ।

प्रधानमन्त्रीको निजी चिकित्सकलाई उद्रित गरेर छापाहरुमा आएको सिमित सूचनाको आधारमा यो अनुमान लगाउन सकिन्छ कि प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख छ।, हामी चाहन्छौँ, सम्पूर्ण सुधार होस्।

मृगौला प्रत्यारोपण गराउनु भएका प्रधानमन्त्रीको इच्छाशक्ति, क्रियाशीलता, योगदान संसारका लागि नमूना बनोस्।

तर, केही चिकित्सकहरुले संकेत गर्नु भएको जस्तो प्रधानमन्त्रीलाई अहिलेको जस्तो उपचार पटक पटक विदेशमा गएर केही समय विश्राम गरेर उपचार गर्नु पर्ने भयो भने के गर्नेरु

संविधानको धारा ७५ अनुसार, नेपालको कार्यकारिणी अधिकार मन्त्रिपरिषदमा निहित छ र मन्त्रिपरिषदको प्रमुख प्रधानमन्त्री हुन्छ। संसदीय पद्धतीमा संसदको कामको श्रृजना पनि प्रधानमन्त्रीबाटै हुन्छ।

प्रधानमन्त्री सेरिमोनियल पोजिसन होइन। डे टु डे जिम्मेवारी प्रधानमन्त्रीले निर्वाह गर्नु पर्दछ। पछिल्ला दिनमा प्रधानमन्त्रीको कार्यबोझ बढाइएको छ।

हाम्रो प्रधानमन्त्रीजीले यी सबै गर्ने कुराको इच्छाशक्ति राख्नुहुन्छ भन्ने कुरामा दुई मत छैन। तर, इच्छाशक्ति मात्रै सबै कुरा होइन सभामुख महोदय। साविक स्वास्थ्यले पनि धेरै कुरा निर्धारण गर्दछ।

प्रधानमन्त्री राष्ट्रिय सुरक्षा, अखण्डता, सार्वभौमसत्ताको कस्टोडियन हुनु हुन्छ। कार्यकारिणी प्रमुख एकै पटक लामो समयसम्म देश बाहिर बस्दा एकातिर राष्ट्रिय सुरक्षा, कुटनीतिक मर्यादा आदिमा जोखिमको प्रश्न त छँदैछ प्रत्येक दुई तीन महिनामा दश, बाह्र दिन विदेश गएर टेलिप्रिजेन्समार्फत मन्त्रीहरुको ब्रिफ्रिङ लिएर देश चलाउने कुराबाट शासकीय जिम्मेवारी पूरा हुन सक्दैन।

प्रत्यक्ष निर्र्वाचित प्रधानमन्त्रीको व्यवस्था भएको भए फेरि निर्वाचनमा जानु पर्ने अवस्था आउँछ भनेर कष्ट दिएर भए पनि प्रधानमन्त्रीको निरन्तरताको अपेक्षा राख्ने कुरा स्वभाविक हुन्थ्यो। तर, यहाँ यस्तो अवस्था छैन सभामुख महोदय। यहाँ, नेपाल कम्युनिष्ट पार्टीको बहुमत छ। सजिलैसँग संसदले नयाँ प्रधानमन्त्री छान्न सक्दछ। एक से एक प्रधानमन्त्री हुनु भएको व्यक्ति यो पार्टीमा हुनुहुन्छ। प्रधानमन्त्री बन्न इच्छा राख्ने व्यक्तिहरु हुनुहुन्छ। तर, यस्तो बेलामा हामी विश्राम दिन किन चाहिरहेका छैनौँरु

सम्माननीय सभामुख महोदय, मैले धेरै पटक नेपाल कम्युनिष्ट पार्टीका युवा सांसदहरुले प्रधानमन्त्रीलाई ‘बा’ भनेर सम्बोधन गरेको सुनेको छु। प्रधानमन्त्री हाम्रो पनि ‘बा’ सरह हुनुहुन्छ। हामी हाम्रो बा विरामी हुनु भएको भए के भन्थ्यौँरु बा, धपेडि नगर्नुहोस्। बा, आराम गर्नुहोस्। बा, विश्राम लिनुहोस्। हामी हाम्रो बालाई त्यसो भन्छौँ। तर, हामी प्रधानमन्त्री बालाई यसो भन्न सक्दैनौँरु

यो म कसैलाई मात्र भनिरहेको छैन। यो गल्ति हिँजो हामीले पनि गर्यौँ सम्माननीय सभामुख महोदय। यो अन्याय हिँजो हामीले पनि गर्यौँ। र सबैभन्दा बढि नजिक बस्ने मान्छेले अन्याय गर्यौँ। यो अन्याय तपाइहरु नगर्नुहोस्। यो गल्ति तपाइहरु नदोहोर्याउनुहोस्।

प्रधानमन्त्रीलाई विश्राम गर्न दिनुहोस् किन कि नेपालको आन्दोलनमा यत्रो ठूलो योगदान पुर्याउनु भएको नेपालको शान्ति प्रक्रियामा यत्रो ठूलो योगदान पुर्याउनु भएको, यत्रो ठूलो राष्ट्रिय जिम्मेवारी निर्वाह गर्र्नु भएको। यतिमात्रै होइन, सम्माननीय सभामुख महोदय, स्वाभिमानको लडाइमा एउटा अथक योद्धाको रुपमा काम गर्नु भएको प्रधानमन्त्री हामी लामो समयसम्म हाम्रोबीचमा अविभावकको रुपमा देख्न चाहन्छौँ।

तर, यो कुरा त्यतिखेरमात्र सम्भव छ सम्माननीय सभामुख महोदय, शरिर सबैको शरिर हो। मन पनि सबैको मन हो। प्रधानमन्त्रीको मनको इच्छा शक्तिको म प्रशंसा गर्दछु र फेरि पनि कामना गर्छु, त्यहाँबाट फर्केर आइसकेपछाडि सम्माननीय प्रधानमन्त्रीले यो रोष्ट्रममा उभिएर हामीलाई बताइदिने अवस्था बनोस्। हामी सबै प्रार्थना गर्छौँ, कामना गर्छौँ, कि लगातार कुनै विश्राम नलिइकन काम गर्न सक्ने अवस्थामा छु। आवश्यकता पर्दै गर्दा भिजिल्याण्ट भएर २४÷७ काम गर्न सक्ने अवस्था आयोस् प्रार्थना गर्दछु।

तर, यस्तो अवस्था आउँदैन भने, सम्माननीय सभामुख महोदय, म सबैलाई आग्रह गर्न चाहन्छु, यो कुरा सुन्दैगर्दा कतिलाई रिस पनि उठ्ला, तर, कुनै व्यक्तिगत कुरा होइन। यो देशको कुरा पनि हो तर, देश भन्दा पहिला यो मानवियताको कुरा पनि हो।

हामी प्रधानमन्त्री एउटा मान्छे हुनुहुन्छ भन्ने कुरालाई नबिर्सौँ। धन्यवाद जय नेपाल।

प्रतिक्रिया दिनुहोस्

Recent Posts