Logo

धर्मपत्नी र सहयोगी लिएर किन गए डा शेखर जन्मदिन मनाउन बिष्णुधाम मन्दिरमा ?



काठमाडौं : नेपाली कांग्रेसका प्रभावशाली नेता डा शेखर कोइराला आफ्नो जन्मदिन अवसर पारेर भारतको बिहार राज्य स्थित सुपौल जिल्लामा रहेको प्रसिद्ध मन्दिर बिष्णुधाम पुगेका छन् ।

केही दिनदेखी गृह जिल्ला मोरङ र झापाका विभिन्न कार्यक्रममानै ब्यस्त रहेका कोइराला भाद्र ८ गते बिहानै श्रीमती पुनम कोइराला, आफ्ना सहयोगी दिनेश थपलिया र बालसखा समेत रहेका डा नारायणकुमारलाई लिएर त्यसतर्फ लागेका हुन् । सुपौल जिल्लाको गणपथगंजमा रहेको यस मन्दिरलाई हिन्दु धर्मावलम्बीहरु अत्यन्तै महत्वका साथ हेर्छन् ।

हरेक पटक बिराटनगर जाँदा डा कोइराला अत्यन्तै ब्यस्त रहने गरेका छन् । यो पटक पनी दैनिक ५ वटा सम्म कार्यक्रममा सहभागी भएको कोइरालाका सहयोगी दिनेश थपलियाले बताए ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts