Logo

राष्ट्रपति भण्डारी र अध्यक्ष दाहालबीच भेटवार्ता



काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी र सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच राष्ट्रपति निवास शितनिवासमा भेटवार्ता भइरहेको छ।  करिब एक घण्टादेखि राष्ट्रपति भण्डारी र अध्यक्ष प्रचण्डबीच भेटवार्ता चलिरहेको प्रचण्डको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुरमा रहेकाबेला अध्यक्षको जिम्मेवारी पाएका अध्यक्ष प्रचण्डले भेटवार्तालाई तिब्र बनाएका हुन्।  राष्ट्रपति भण्डारी र अध्यक्ष प्रचण्डसँगको भेट समसामयकि भएको प्रचण्डको सचिवालयले जनाएको छ।

पार्टी भित्र नेकपाका वरिष्ठ अध्यक्ष माधव नेपाल र अध्यक्ष केपी ओलीबीचको विवाद बढीरहँदा प्रचण्डले पार्टीभित्र मिलाउने प्रयास गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

Recent Posts