Logo

किन विमानबाट निकालिए एनआरएन अध्यक्ष भट्ट



काठमाडौ । विमानमा अभद्र व्यवहार गरेको भन्दै गैरआवाशीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भुवन भट्टलाई सिल्क एअरले विमानबाट बाहिर निकालेको छ।

गएराति सिल्क एअरको विमानबाट सिंगापुर जाने क्रममा विमानभित्र चालकदलका सदस्यलाई अभद्र व्यवहार गरेको भन्दै बाहिर निकालिएको विमानस्थल स्रोतले जनाएको छ ।

राति पौने दश बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिंगापुर उड्ने तयारीमा रहेको सिल्क एअरलायन्सको फ्लाइट नम्बर एसएलके ४१३ ९कल साइन एमआइ४१३० विमानमा भट्टले अभद्र व्यवहार र होहल्ला गरेपछि क्रु मेम्बरले प्रहरीलाई खवर गरेका थिए ।

प्रहरीको सहयोगमा भट्टसहित उनीसँगै रहेका सनत न्यौपानेलाई विमानबाट निकालिएको जनाइएको छ। भट्ट र न्यौपानेलाई बाहिर निकालेपछि विमान केही ढिला गरी सिंगापुरका लागि उडेको थियो।

प्रतिक्रिया दिनुहोस्

Recent Posts