Logo

रवि विरुद्ध पाँच वर्ष जेलसहित जिल्ला अदालत चितवन मुद्दा दर्ता हुँदै

छोड्ला त रविलाई अदालतले ?



चितवन । आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेर चितवन प्रहरीको हिरासतमा रहेका टिभी कार्यक्रम सञ्चालक रवि लामिछाने लगायत तीनजनालाई हिरासतमा राखेर अनुसन्धान गर्न चितवन प्रहरीले जिल्ला अदालतबाट पाएको अनुमतिको समय शनिबार सकिएको छ ।

आइतबार उनीहरु फेरि अदालतमा उपस्थित गराइदै छ । प्रहरीले पाँच वर्ष जेल दाबि सहित मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोका एसपी दिपक रेग्मीका अनुसार आज अत्माहत्या दुरुत्साहनमा मुद्दा अगाडि बढाइदै छ । उनले हिरासतमा नै राखेर थप अनुसन्धान गर्नुपर्ने मागसहित मुद्दा दर्ताका लागि जिल्ला सरकारी वकिलको कार्यालयले मिसिल तयार पारेको बताए ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts