Logo

अब अमेरिकी ग्रिनकार्ड पाउन मुस्किल, नयाँ नियम सार्वजनिक



वाशिङटन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकी ग्रीनकार्ड र भिसा अस्वीकार गर्न सजिलो बनाउने नयाँ नियम सोमबार सार्वजनिक गरेको छ ।

जसअनुसार अब अमेरिकामा वैध रुपमा बस्न चाहने मानिसको संख्या पनि घट्न सक्ने देखिएको छ । नयाँ नियमबाट लाखौं मानिसहरु प्रभावित हुन सक्नेछन् ।  अवैध रुपमा बस्नेहरुमाथि अमेरिकाले यसअघि देखि नै धरपकड गर्न थालिसकेको छ ।

गएको सातामात्रै अमेरिकाले मिसिसिपीमा फुड प्रोसेसिङ कार्यमा संलग्न आप्रवासी रहेको स्थानमा छापा मारेर सयौंलाई पक्राउ गरेको थियो । अब पछिल्लो नियमले वैध रुपमा अमेरिका बस्न पनि अप्ठेरो अवस्था सिर्जना हुन सक्नेछ ।

सोमबार ल्याइएको नियमको अर्थ धेरै ग्रीनकार्ड र भिसाको लागि आवेदन दिनेहरु अस्वीकृत हुन सक्नेछन् । अर्थात् यसरी आवेदन दिनेको आयस्रोत कम छ र शिक्षा पनि कम छ भने उनीहरु अब अस्वीकृत हुन सक्नेछन् ।

यो नियमले अमेरिका आएर बस्न चाहने व्यक्तिहरु आत्मनिर्भर रुपमा बाँच्न सक्ने अमेरिकी सिटिजनसिप एण्ड इमिग्रेसन सेवाका निर्देशक केन कुकीनेलीले बताए । ह्वाइट हाउसमा सोमबार ब्रिफिङ गर्दै उनले यसले अब कम आम्दानी भएकालाई अब अमेरिका छिर्न गाह्रो पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts