Logo

एनआरएन केन्द्रीय सदस्यमा शर्माको उम्मेदवारी



बेल्जियम । अगस्तको दोस्रो साता हुन गईरहेको गैर आवासीय नेपालीहरुको संस्था (एनआरएन) को निर्वाचनमा केन्द्रीय सदस्य (आईसीसी सदस्य)मा गंगाप्रसाद शर्माले उम्मेदवारी घोषणा गरेका छन् ।

विगत २० वर्षदेखि तपाईहरु सँगसँगै बेल्जियममा हरेक सुखदुःखमा साथसाथै रहेर यो समाजमा आफू सक्दो योगदान दिन प्रयासरत रहेको बताउँदै शर्माले सन् २०१९–२१ को लागि निर्वाचनमा उम्मेदवारी घोषणा गरेका हुन् ।

लामो समयदेखि बेल्जियममा बसेर विभिन्न व्यवसायमा संलग्न रहेका शर्मा नेपाली व्यवसायी संघ,  बागलुङ समाज बेल्जियमजस्ता विभिन्न संस्थाहरुमा रहेर काम गरिरहेका छन् । शर्माले गत वर्षको एनआरएनए बेल्जियमको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका थिए ।

‘बेल्जियमको एनआरएनए, समाज, संघसंस्थाहरुको अवस्था तथा साथीभाईहरुको सल्लाहमा निर्वाचनमा मैले केन्द्रीय सदस्य (आईसीसी सदस्य) पदमा उम्मेदवारी दिने निर्णय गरेको छु,’ उनले भनेका छन् ।

उम्मेदवारीको घोषणा गरेको भए पनि समाजको एकता र सहकार्यको लागि सहमति हुने अवस्थामा लचक हुने उनले बताए । आफू नेतृत्वका लागि सर्वसम्मतको पक्षमा रहेको पनि उनले बताए । अन्यथा निर्वाचन हुने अवस्था आएमा आफूलाई मत दिएर विजयी बनाउन मतदातासमक्ष आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts