Logo

जम्मु कश्मीरको विशेष राज्यको दर्जा खारेज, लद्दाख अलग



काठमाडौं : जम्मू-काश्मीर अब केन्द्र शासित राज्य बन्ने भएको छ । साथै काश्मीर उपत्यकालाई मिलेको विशेषाधिकार समेत खारेज हुने भएको छ ।

जम्मू-काश्मीरलाई लिएर नरेन्द्र मोदी सरकारले सोमबार ऐतिहासिक कदम उठाएको हो । यसका अलवा केन्द्र सरकारले लद्दाखलाई जम्मू-काश्मीरबाट अलग गरिदिएको छ । लद्दाख अब एक अलग राज्य हुनेछ ।

विपक्षी कांग्रेसले सरकारको पछिल्लो निर्णयको विरोध गरिरहेको छ । राज्यसभामा  कांग्रेसका नेता गुलाम नबी आजादले भाजपाले अनुच्छेद ३७० खारेज गरेर संविधानको हत्या गरेको आरोप लगाए । तर, गृहमन्त्री अमित शाहले भने यो कदमलाई ऐतिहासिक भनेका छन् ।

पीडीपी प्रमुख र जम्मू-काश्मिरकी पूर्व मुख्यमन्त्री महबूबा मुफ्तीले मोदी सरकारको निर्णयलाई भारतीय लोकतन्त्रको ‘कालो दिवस’ को संज्ञा दिएकी छिन् । उनले ट्विट गर्दै भारत सरकारको अनुच्छेद ३७० खारेज गर्ने निर्णय गैरकानुनी र असंवैधानिक भएको बताएकी छिन् ।

जम्मू-काश्मिरमा भारतको उपस्थिति कब्जा गर्ने सेनाको जस्तै भएको उनको टिप्पणी छ । १९४७ मा विभाजनको समयमा जम्मू–काश्मिरकोे नेतृत्वले टू–नेशन सिद्धान्त खारेज गर्दै भारत सरकारका साथ जाने जुन निर्णय गरेको थियो, आज त्यसको उल्टो असर भएको मुफि्तीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts