Logo

हामी नेपाली दक्षिण काेरियाकाे दाेस्राे बैठक सम्पन्न ,तिजमा साँस्कृतिक जमघट गर्ने



दक्षिण काेरिया : काेरियामा कार्यरत नेपाली चेलिबेटी तथा दाजुभाइहरुकाे जमघट गर्न सेप्टेम्बर १ तारिखका दिन फेन्तेक शहरमा साँस्कृतिक जमघट कार्यक्रम गर्न लागिएको छ । २ तारिखमा तिज भएको र अघिल्लो दिन १ तारिखमा आइतबार परेकाले सबैलाई अनुकूल समय मिलाइ कार्यक्रमकाे आयाेजना गरिएको आयाेजकले बताएकाे छ ।

उक्त कार्यक्रममा सहभागीता जनाउन सबै नेपाली दिदिबहिनी तथा दाजुभाइहरुलाइ अनुरोध समेत गरिएको अध्यक्ष अम्बिका डिसी पार्कले बताउनुभयो । साथै शनिबार बसेकाे राष्ट्रिय समिति दक्षिण काेरियाको बैठकले सल्लाहकार मा सस्थालाइ लामाे समय देखि सल्लाह सुझाव दिदै आउनुभएका फेन्तेक माइग्रेन्ट सेन्टरका अध्यक्ष तथा सिर्जनशिल व्यक्ति लक्ष्मण पाैडेललाइ सल्लाहकार मा चयन गरेको छ ।

२१ सदस्यीय कार्यसमिति लाई विस्तार गर्दै छ जना नयाँ सदस्य थप गरी २७ सदस्यीय बनाएकाे छ । नयाँ थपिएका सदस्यहरुमा सन्तोष खड्का, प्रकाश महरा,बिञ्जु खड्का ,रञ्जिता डिसि, भिसेन थापा र मिनराज शर्मा छन ।

साथै महेन्द्र याख्खाकाे संयाेजकत्वमा खेलकुद विभाग समेत गठन गरिएको महासचिव ओमलाल ओलीले बताउनुभयो । सेप्टेम्बर १५ तारिखमा सदस्य हरुकाे प्रमाण पत्र वितरण गरी संस्था उद्घाघाटन गर्ने र त्यसको लागि केन्द्रीय कार्यालयमा अतिथिलाइ निमन्त्रणा गर्ने समेत निर्णय गरिएको पनि महासचिव ओलीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts