Logo

पहिराेमा परी आमाछोरीकाे मृत्यु, पाँच घाइते



बाजुरा । लगातारको भारी वर्षाका कारण बाजुराको गौमुल गाउँपालिका–६ बसालाको शान्तिटोलमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शान्तिटोलका एकै घरका आमाछोरी छन् । पहिरोमा परेर ३० वर्षीया आमा निरुता चँदारा र ६ वर्षीया छोरी किस्मिताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिएका छन् ।

राति करिब १ बजेतिर घरमाथिबाट पहिरो खसेको बताइएको छ । पहिरोमा परी थप पाँच घाइते भएका छन् । घाइते हुनेमा ९० वर्षीय जंगे, जडेनी, सुके चँदारालगायत छन् । जंगे चँदाराको गौमुल गाउँपालिकाको घटमुना सहरी स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रनाउ भाटको भनाइ छ ।

वर्षा नरोकिएका कारण गाउँमा थप त्रास फैलिएको वडा सदस्य प्रेम विकले जानकरी दिए । थप उद्धारका लागि जिल्ला प्रहरी कार्यालय बाजुराको टोली र घटमुना प्रहरी चौकीबाट प्रहरीको टोली त्यसतर्फ गइसकेको बताइएको छ । जिल्लाका धेरै बस्ती भिरालो ठाउँमा भएका कारण पहिरोको उच्च जोखिममा छन् ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts