Logo

बिन लादेनका छोरा हम्जा बिन लादेनको मृत्यु



एजेन्सी : अल काइदाका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेनको मृत्यु भइसकेको अमेरिकी गुप्तचर अधिकारीले दाबी गरेका छन् ।

यद्यपि, हम्जा बिन लादेनको मृत्यु कहाँ र कहिले भयो भन्ने कुरा नाम नखुलाइएको रिपोर्टमा कुनै जानकारी उपलब्ध छैन ।

गत फेब्रुअरीमा अमेरिकी सरकारले हम्जाबारे जानकारी दिनेलाई एक मिलियन डलर उपहारको घोषणा गरेको थियो ।

लगभग ३० वर्ष उमेर अनुमान गरिएका हम्जाले अमेरिकालगायत विभिन्न देशमा आक्रमण गर्ने जानकारीसहितको अडियो र भिडियो मेसेज सार्वजनिक गरेका थिए ।

बुधबार अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले यसबारे सोधिएको प्रश्नको जवाफ दिन मानेनन् । यसका साथै ह्वाईट हाउस नेशनल सेक्युरिटीका एड्भाइजर जोन बोल्टनले पनि यसबारे कुनै जवाफ दिएनन् ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts