Logo

साउनमा हरियो चुरा र मेहन्दीको महत्व के ?



साउनमा हरियो, पहेँलो र रातो चुरापोते एवं कपडा लगाउनुको पनि आफ्नै अर्थ भएको संस्कृतिविद् लाछी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हरियोलाई प्रेम र वातावरण, रातोलाई सौभाग्य एवं पहेँलोलाई पवित्रताको प्रतीकका रूपमा लिइन्छ ।

साउनमा हरियो, पहेँलो र रातो सम्मिश्रण गरी लगाउने चलन बसेको छ । चुरापोते र कपडासँगै साउन महिनामा हातभरि मेहन्दी लगाउने चलन पनि छ । हत्केलामा जति बढी गाढा मेहन्दीको रङ राख्यो, उति नै बढी श्रीमान्को माया पाइन्छ भन्ने धार्मिक विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts