Logo

नेपाली नम्वर वान गोलकिपर किरण भारतको क्लव पञ्जावमा जाने



टिसी स्पोर्ट्सले राष्ट्रिय टिमको खेल छाडेर माल्दिभ्स आउन आग्रह गरेको थियो। तर किरणले नेपालको मलेसिया र चाइनिज ताइपेईविरुद्धको मैत्रीपूर्ण खेल कारण माल्दिभ्स आउन नसक्ने बताएका थिए। एन्फाले पनि क्लबलाई पत्रचार गरेको थियो। तर क्लबले भने सम्झौता नै रद्द गरेको थियो।

पहिलो डिभिजनको लिग धिवेदी प्रिमियर लिगका लागि टिसी स्पोर्ट्स क्लबले फरवार्ड विमल घर्तीमगर र गोलकिपर किरण चेमजोङसँग सम्झौता गरेको गरेको थियो। टिसी स्पोर्ट्स लिगको साविक विजेता हो। राष्ट्रिय टिममा नरहेका विमल भने क्लबबाट खेलिरहेका छन्।

२०१७ मा टिसीबाट पहिलो सिजन खेलेका किरणले प्रेरणादायी खेल पस्केका थिए। त्यतिबेला टिसी स्पोट्सले माल्दिभ्सको माथिल्लो डिभिजनमा दोस्रो स्थान हात पारेको थियो।

२०१७ को अन्त्यमा किरणले पञ्जाजबाट केहि महिना खेलेका थिए। पछि फेरि उनी टिसी स्पोर्ट्समै आबद्ध भएका थिए।

किरण गत सिजन माल्दिभ्सको पहिलो डिभिजनको लिग धिवेदी प्रिमियर लिग २०१८ को उत्कृष्ट गोलकिपर बनेका थिए। किरणले सिजनमा टिसी स्पोर्टसलाई उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका थिए।

२८ वर्षीया किरणले सन् २०१६ मा मनाङ मस्याङ्दीबाट खेलेका खेलेका थिए। एन्फा एकेडेमीका उत्पादन किरणले २००९ देखि २०१६ सम्म थ्री स्टार क्लबबाट खेले। त्यसक्रममा उनले थ्री स्टारलाई लिगसहित दर्जनौ घरेलु फुटबल प्रतियोगिताको उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका थिए। सन् २००८ मा राष्ट्रिय टिममा डेब्यू गरेका उनले ६५ क्याप जितिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

Recent Posts