Logo

जापानको क्योटो एनिमेसन स्टुडियोमा आगजनी, १३ जनाको मृत्यु



जापानको क्योटोको एक एनिमेसन स्टुडियोमा बिहीबार बिहान एक जनाले आगो लगाएका छन्। आगलागीमा परीमा कम्तिमा १३ जनाको मृत्यु भएको छ भने ४० जना बढी घाइते भएका छन्।

समाचार पत्र जापान टाइम्सका अनुसार ती आक्रमणकारीले पहिला भवनमा ज्वलनशील पदार्थ छर्केका थिए। अनि  केहीबेर आगो सल्काएका थिए।

आगलागीका बेला झन्डै ७० जना मानिस  काम गरिरहेका  थिए। आगो लगाउने ४१ वर्षीय पुरूष पनि आगलागीमा परी घाइते भएका छन्। उनको अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts