Logo

सञ्चारमन्त्रीलाई समाल्न काग्रेसको प्रधानमन्त्री ओलीलाई आग्रह



काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाको अभिव्यक्तिलाई लिएर कडा प्रतिक्रिया दिएका छन् । बिहीबार नियमित पत्रकार सम्मेलनका क्रममा विप्लवबारे कांग्रेसको धारणा माग्दै ‘दिनभर वीपी, रातभर विप्लव’ भनेपछि कांग्रेसले आपत्ति जनाएको हो ।

कांग्रेस प्रवक्ता शर्माले सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता बास्कोटालाई सम्हाल्न प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेका छन् ।
उनले ट्विटमार्फत यस्तो प्रश्न गरेका हुन् । प्रवक्ता शर्माले लेखेका छन्( ‘प्रधानमन्त्रीनै जब असंसदीय शब्द बोल्नुहुन्छ संसदमा तब कुनै फोटोकपी मन्त्रीसंग संस्कारको अपेक्षा कसरी गर्नु रु अराजनीतिक बोलिको जवाफ दिंदै हिंड्नु उचित हुन्न । भनाइ छ हलेदो भनेर चिनिसकेपछी धेरै कोट्याउनु हुन्न १ लगाम उपहार पठाउं कि सम्हाल्नु हुन्छ आफ्ना मन्त्री ?

प्रतिक्रिया दिनुहोस्

Recent Posts