Logo

मैले आशु झार्दा साउने झरी

चन्द्रमणी पोखरेल



म एकान्तमा रुदा तिमी परि बनेर आउनु !
मलाई सुन्यताले छुदा धोबी चरी बनेर आउनु !!

कहिले काहीँ धेरै पीडा भईदिन्छ मनमा !
मैले आशु झार्दा साउने झरी बनेर आउनु !!

जिबनमा समस्याका रोडाहरुले सधै बिझाईदिन्छ!
तब ती खस्राबाटाहरु ढाक्ने दरी बनेर आउनु !!

पिडाहरु कोरेर एउटा काब्य बनाउने रहर छ मेरो !
मेरा भावना हरु उरलिन्दा तिमी खरी भएर आउनु !!

पिडाहरु बाड्यो भने आधा हुन्छ भन्छन सबै !
मेरा पिरहरु धैर्यले सुनिदिने तिमी हरी बनेर आउनु!!

प्रतिक्रिया दिनुहोस्

Recent Posts