Logo

सरकारलाई संसदीय समितिको झड्का : आइफा अवार्ड रोक्न अन्तराष्ट्रिय सम्बन्ध समितिको निर्देशन



काठमाडौं । सरकारलाई संसदीस्य समितिले झडका दिएको छ । संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले सरकारको सहयोगमा आयोजना गर्न लागेको इन्डिएन इन्तरनेशनल फिल्म एकेडेमी (आइफा) अवार्ड रोक्न सरकारलाई निर्देशन दिएको हाे ।

प्रतिनिधिसभा अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध समितिले अवार्ड रोक्न निर्देशन दिएको हो । ‘पुरै पर्यटन बोर्डका निम्ति एकअर्व रुपैया बजेट छ, टुरिजम इयरका लागि पनि कम पैसा छुट्टाएको छ तर सरकार छोटो समयमा अर्व खर्च गर्ने सहमति गर्छ,’ समितिका सदस्य दिव्यमणि राजभण्डारीले भने, ‘इन्भेष्टमेन्ट भइसकेपछि रिटर्न आउने ज्ञारेन्टि हुनु पर्दैन।’ सांसदहरुले आयोजना हुने स्थलका विषयमा पनि असन्तु्ष्टी जनाएका थिए।

‘नेपाली जनातालाई आर्मी अफिसर्स क्लवमा पस्न नदिने अनि भारतीय कलाकार आउँदा आर्मीले सेक्यूरीटी दिने,’ भण्डारीले भने, ‘यसअघि भारतीय कलाकारका कार्यक्रम सुरक्षााकारण स्थगित भए। सरकार स्पष्ट एग्रिमेन्ट नै नगरी कच्चा निर्णय गरेको देखियो।’

बैठकमा नेकपाका नेता तथा सा‌सद भिम रावलले राष्ट्रियताका सवालमा सरकारले विचार नै नगरी निर्णय गरेको भन्दै आपत्ति जनाएका थिए। सत्तारुद्ध दल नेकपाका सांसदको बहुमत रहेको समितिले सर्वसम्मत रुपमा अवार्ड रोक्न निर्देशन दिएको हो।

प्रतिक्रिया दिनुहोस्

Recent Posts